Saturday, January 25, 2014

सम्भावनाको साललाई पुरा गर्नेछ २०१४

कैलास दास

३१ दिसम्बर २०१३  लाई अलविदा र २०१४ को आगमनलाई स्वागत गर्नै पर्दछ । नेपाली जनताका लागि २०१३  साल उपलब्धी मूलक नै रह्यो । राजनीतिक उथलपुथलका कारण अशान्त नेपाली जनतामा मुलुकमा शान्ति र संविधान आउने हो भन्ने आशा र विश्वास जागेको छ । यसै वर्ष संविधानसभाको चुनाव सम्पन्न भएको हो र एक वर्ष भित्रमा संविधान निर्माण गरिने दलहरुले प्रतिबद्धता जनाएका छन् । अर्थात सम्भावनाका साललाई २०१४ ले पुरा गर्ने छ उम्मीद गर्न सकिन्छ । वि.सं. २०६४ सालमा संविधानसभाको चुनाव संविधान निर्माणका लागि भएको थियो । दुई वर्षका लागि भएको सो चुनाव पाँच वर्षसम्ममा संविधान निर्माण गर्न सकेन, विगतका वर्षबाट अपेक्षित जनताले यो वर्ष पुरा गर्ने हो कि ? प्रतिक्षारत छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चामा रहेका नेपालका संविधान निर्माण ०१४ ले पुरा गर्ने छ÷छैन त्यो त भन्न सकिदैन ।तर, सम्भावनाका वर्षलाई यो वर्षले पनि पुरा गरेन भने नेपाली जनताले फेरी विगतभन्दा बढी समस्याको सामना गर्नु पर्दै भन्न सकिन्न । विगतका वर्षहरुमा नेपाली जनताले धेरै दुःख—पीडाको सामना गरे । लुटपाट, धाक—धम्की, अपहरण, फिरौती तथा हत्या हिंसा जस्ता जघन्य अपराधिक गतिविधिका कारण आफ्नै मुलुकमा एक ठाउँबाट अर्को ठाउँमा जानु परेको थियो । नेपालमा राजनीतिक अस्थिरता हो भन्ने अन्तर्राष्ट्रिय जगतमा पनि लुकेको थिएन । पर्यटकले भरिएका दार्शनिक स्थलहरु सुनसान देखिन्थ्यो । नेपालमा पस्ने यात्रीहरु भयत्रासमा हुन्थ्यो । यहाँसम्मकी नेपाल—भारतबीच रहेको वैवाहिक सम्बन्धबाट टाढा हुन लागेको थियो ।
वैदेशिक रोजगारी र राजनीतिक अस्थिरत एउटा समस्या थियो भने अर्को समस्या अशान्त नेपाल, कतिखेर कहाँ के हुन्छ भन्ने सक्ने अवस्था थिएन । महगी आकशियो, खेतमा काम गर्नेको अभाव, रोजगारीका लागि धरल्लै वैदेशिक रोजगारीमा जान्थे । यस्ता धेरै समस्याहरु थिए जसलाई नर्कान सकिन्न । तर ०१३ मा विस्तारै विस्तारै सुधारतिर जान्न लागे । यहाँसम्मकी धेरै कामहरु यसवर्ष प्रारम्भ भएको हो जसले पुरा गर्न सकेन ।
जनकपुरको कुरा गर्ने हो भने ०१३ साललाई सम्भावित साल भन्न सकिन्छ । धेरै कार्यहरुको प्रारम्भ यसैवर्ष भएको छ । यहाँका मठ मन्दिर, पोखरी, रंगभूमि मैदानको सौन्दर्यीकरण गर्र्ने कार्य प्रारम्भ भएको छ । त्यस्तै माओवादी द्वन्द कालमा मारिएका व्यक्तिहरुको मानव अधिकारद्वारा उत्खनन गरिएको सत्यतथ्य तथ्यांङ्क यसै वर्ष आएको छ । भारतीय एक हजार र पाँच सयको नोट जसलाई प्रतिबन्ध लगाइएको थियो सो रुपैया नेपालमा चल्ने भएको छ । यी सबैलाई उपलब्धी मुलुक नै भन्न सकिन्छ ।
त्यो भन्दा बढी उत्साहको कुरा के रह्यो भने ०१३ मा खासगरी जनकपुरका लागि धैरै विकासको सम्भावना देखिएको छ । वर्षाै वर्षदेखि नाला एवं फोहरमय जनकपुर हो नेपालमा मात्र होइन, भारतको अन्य क्षेत्रमा पनि चर्चा थियो । जसलाई ०१४ मा अर्को सन्देश दिने सम्भावित कुरा ०१३ बाट नै भएको हो । एशियाली विकास बैंकले जनकपुरको विकासमा सहयोग गरेको कार्यहरु यसैवर्षदेखि प्रारम्भ भएको छ । यसवर्ष सर्भे कार्य पुरा भएको छ भने ०१४ मा जोरसोर अघि बढ्ने विश्वास गर्न सकिन्छ । त्यति मात्र होइन, प्रशासनिक क्षेत्रमा पनि निक्कै उपलब्धी भएको हो । घटना भएको केही घण्टा वा दिनमा अपराधमा संलग्न व्यक्तिलाई समात्नु जसले गर्दा अपराधी घटनामा न्यूनिकरण भएको स्पष्ट झल्किन्छन् । बढ्दो सवारी साधनको चापसँगै ट्राफिक व्यवस्थापनमा पनि उल्लेख्य कार्य भएको भन्न सकिन्छ ।
यसै हेर्दा ०१३ मा जति प्रारम्भ भएको छ सम्भावित कार्यहरु ०१४ मा पुरा हुने विश्वास गर्न सकिन्छ । तसर्थ ०१३ लाई हर्षोल्लास पूर्वक अलविदा गर्नु पर्छ भने ०१४ को आगमनलाई भव्य स्वागत गर्नैपर्दछ । संविधान सभाको चुनाव ०१३  मा भएको हो भन्ने संविधान निर्माण ०१४  हुन्छ कामनासँगै विश्वास गर्नुपर्दछ । राजनीतिक दलहरुलाई मात्र होइन, नेपाली जनताहरु पनि यसप्रति सक्रियता देखाउन आवश्यक छ ।
यसवर्षको संविधानसभा चुनाव ऐतिहासिक भएको सबैले दावी गरेका छन् । यस चुनावबाट नेपाली जनता मात्र होइन अरु देशले सिखने हो भन्ने एउटा प्रेरणा बनेको अन्तर्राष्ट्रिय धारणा पनि नआएको होईन । यो चुनावले स्पष्ट गरिसकेका छन्  कि जनताभन्दा ठूलो कोही छैन । आफूलाई ठूलो पार्टी भनाउने एकीकृत नेकपा माओवादी र मधेश मुद्दाको नाउँमा राजनीति गर्दै आएका मधेशवादी दलहरुले गरेको कामको परिणाम आज सबैको सामु स्पष्ट देखिन्छ । विगतको चुनावमा सम्झिएका ६०१ सभासदनै देशलाई हाक्ने हो त्यस्ता राजनीतिक गर्नेलाई आज त्यही जनताले कहाँ फालिएको छ कसैसित छुपेको छैन ।
०१३  सालबाट सिखेको कुराहरु इमान्दारी पूर्वक ०१४ सालमा गर्नुपर्दछ । नयाँ वर्ष वास्तवमा राजनीतिकर्मीहरुका लागि एउटा चुनौतीको कुरा हो । एक वर्ष भित्रमा संविधान निर्माण गरिने घोषणापत्रमा उल्लेख गरेका नेपाली काँग्रेस र एमालेले कहाँसम्म सफलता पाउने हो भन्न त सकिन्न, तर उनीहरु पनि जनतासामु गरेको वचनबद्धता पूरा गर्न सकेन भने फेरी एमओवादी जस्तै उनीहरुको हाल नहोला भन्न सकिन्न । नेपाली जनताको चाहना नै संविधान निर्माणको कामना हो ।

No comments:

Post a Comment