Friday, February 28, 2020

जनकपुरधाम नगरभित्र ट्राफिक व्यवस्थापनको यस्तो कडा नियम

जनकपुरधाम, १५ फागुन । जनकपुरधाम उपमहा नगरपालिका भित्रमा जथाभावी रुपमा सवारी साधनको पार्किङ्ग गर्न थालेपछि जनकपुरधाम अव्यवस्थित हुन थालेपछि गाडी पार्किङ्गको व्यवस्था सम्बन्धित कार्यालयले गर्ने निर्णय गरेको छ ।
जनकपुरधाम उपमहा नगरपालिकामा जिल्ला टूाफिक कार्यालय, जनकपुर उद्योग वाणिज्य संघ तथा स्थानीय संघ संस्थाले छलफल मार्फत सो निर्णय गरेको छ ।
टूाफिक व्यवस्थापनका लागि नेपाल सरकारका सेवा प्रदायक संस्था, वित्तिय संस्था तथा अन्य व्यवसायिक प्रतिष्ठानहरुले कर्मचारी तथा सेवाग्राहीहरुको टूाफिक व्यवस्थापको व्यवस्थापन संस्थाले नै गर्ने छलफल भएको छ ।
मालपोत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अस्पताल, बैंकमा जाने सेवाग्राहीहरुले जथाभावी रुपमा सडककै छेउमा सवारी साधन पार्किङ्ग गरी राख्दा जनकपुरधाम कुरुप तथा दुर्घटनाको सम्भावना बढेकोले सम्बन्धित कार्यालय तथा संस्थाहरुलाई बोलाएर पहिलो छलफल गरी पत्र काट्ने उपहानगरपालिकाले जनाएका छन् ।
त्यस्तै सडक छेउमा बनाइएको फुटपाथलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन गर्नेछ । पैदल यात्रुहरुका लागि फुटपाथ बनाइएको भएपनि त्यो फुटपाथमा जथाभावी रुपमा पसल थप्ने, निर्माण सामाग्रीहरु राख्ने लगायतको कार्य हुँदै आएको छ ।  छलफलमा फुटपाथलाई व्यवस्थित पार्नका लागि माइकिङ्गमार्फत जानकारी गराउने, पत्र काट्ने र त्यसपछि पनि नमानेमा फुटपाथमा राखेको सामाग्री उपमहानगरपालिकाले उठाएर लग्नेछ ।
त्यस्तै फुटपाथमा रोलिङ्ग गर्नका लागि बजेटको व्यवस्थापन गर्ने पनि छलफल भएको छ । वर्तमान अवस्थामा वनवे वा टूवे सवारी साधनको व्यवस्थापन हुने अवस्था नरहेकोले टूाफिक व्यवस्थापन कडाईका साथ गर्नेछ ।त्यस्तैगरी जथाभावी रुपमा सञ्चालन रहेको इरिक्सालाई पनि व्यवस्थापन गर्ने छलफल भएको छ । प्रादेशिक अस्पताल वरिपरि रहेका इरिक्सा तथा पर्यटकीय सवारी साधनकोे पार्किङ्ग तत्काल बाह्रविघामा गर्न लगाउनेछ ।
त्यसैगरी शिवचौक वरिपरि मिथिलाका कलासंस्कृति झल्काउने गरी पसल सञ्चालन गर्न लगाउनेमाथि पनि छलफल भएको हो ।  छलफलमा जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साह, परमेश झा, टूाफिक इन्स्पेक्टर परशुराम घिमिरे, जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र कुमार महासेठ लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment