Wednesday, February 19, 2020

३६५ दिनमा ७३० घटना


जनकपुरधाम, ७ फागुन । प्रदेश नं. २ मा  ३ सय ६५ दिनमा ७ सय ३० वटा मानव अधिकार उल्लंघन लगायतको घटना घटेको तथ्यांक बाहिर आएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले बुधवार सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२० मा गत वर्षको तुलनामा यस वर्ष एकसय बढी घटना घटेको उल्लेख गरेको छ । इन्सेकले प्रदेश सन २०१९मा मानव अधिकार उल्लंघन लगायको घटेको घटनाहरुको तथ्यांक सार्वजनिक गरेको छ ।
सन् २०१८ मा ६०१ वटा मानव अधिकार लगायतको घटना घटेको थियो भने सन् २०१९ मा ७३० वटा घटना घटेको इन्सेकका प्रदेश २ संयोजक राजु पासमानले पत्रकार भेटघाटमा बताएका छन् । घटनामा महिला तथा बालबालिका सबभन्दा बढी पीडित भएको बताएका छन् ।
प्रदेश २ मा एकवर्षमा ७९ जनाको हत्या भएको छ ती मध्ये तीनजनाको हत्या राज्यपक्षबाट भएको हो । त्यस्तै ५७ जनामाथि कुटपिट भएको र ती मध्ये २२ जनामाथि राज्यपक्षले गरेको, अन्यपक्षबाट ९ जनालाई धम्की दिएको, पाँच जनामाथि जातिय विभेद गरेको पुस्तकमा अभिलेख रहेको छ ।
महिला अधिकार उल्लंघनमा  २सय २६ जना बाल अधिकार उल्लंघन घटनामा २ सय २५ जना बालबालिका पीडित रहेका छन् ।
वर्ष पुस्तकमा अपरहण घटना १७, गिरफ्तार १५, कुटपिट ७९, अमानवीय व्यवहार ३, घाइते ३३, यातना १ जनालाई विस्थापित ८ जना गरी जम्मा ७३० वटा घटना भएको अभिलेखीकरण गरेको छ ।
त्यस्तै इन्सेक प्रदेश २ ले यसवर्षको उत्कृष्ट प्रतिनिधिको रुपमा बाराका भोलानाथ पौडेललाई सम्मान गरेको छ । उनलाई सात हजार नगर, रसम्मान पत्रबाट सम्मान गरेका हुन ।

No comments:

Post a Comment