Monday, February 3, 2020

तेस्रोलिंगी अभिशाप होइन, हाम्रै समाजका व्यक्ति हुन ः साँसद थापा

जनकपुरधाम, २० माघ । प्रदेश सभा सदस्य शारदा थापाले तेस्रोलिंगी अभिशापको रुपमा होइन, हाम्रै समाजका व्यक्ति हुन गर्वको रुपमा स्वीकार गर्नुपर्छ बताएकी छन् ।
निल हिरा समाजद्वारा सोमवार जनकपुरधाममा आयोजित प्रदेश सरकार र प्रतिनिधिबीच कार्यशाला’ गोष्ठी कार्यक्रममा उनले सो कुरा बताएकी हुन । उनले भनिन, ‘राज्यले सबै क्षेत्रलाई समेटेपनि तेस्रोलिंगी र दृष्टिविहीनलाई अपेक्षित गर्दै आएको हो । उनीहरुलाई संवैधानिक व्यवस्था भएपनि कानूनी अधिकार महसुस हुन सकेन ।’
धनुषामा मात्र १२ हजार तेस्रोलिंगी छन् । देशभरिकै कुरा गर्ने हो भन्ने ९ लाखबढी तेस्रोलिंगी रहेको छ । अहिलेपनि अधिकांश नागरिकता विहीन छ । तेस्रो लिंगीको संख्या बढ्दै जानु दुःखद र चिन्ताको विषय रहेको साँसद थापाले बताएकी छन् ।
सामाजको परिवर्तनका लागि सामान रुपमा नीति नियमा ल्याउनु पर्दछ उनले भनिन, ‘तेस्रोलिंगीको अधिकारको लागि आवाज उठाउने प्रतिबद्धता जनाउँछौं ।’
सामाजका अध्यक्ष रामवरण यादवको अध्यक्षतामा भएको सो कार्यक्रमका विशिष्ट अतिथि जनकपुरधाम उपमहा नगरपालिकाकी उपमेयर रिता कुमारी मिश्रले जनकपुरधाम उपमहानगरपालिकाबाट तेस्रोलिंगीको लागि हुने कार्य गर्नेछौं सोको प्रतिबद्धता जनाउँछौं । तर त्यसका लागि प्रोपोजल बनाएर दिनुपर्छ, आउँदो परिषदमा बजेट पनि छुट्याउने बताएकी छन् ।
संविधानले मधेशीप्रति विभेद गरेकै हो । मधेशमा बस्ने मधेशीलाई मधेशी प्रमाणित गर्नुपर्छ र पहाडीलाई होइन यही नै ठूलो विभेद हो । तर मधेशमा बस्नेप्रति स्थानीय सरकारले त्यस्तै नगर्ने प्रतिबद्धता जनाएकी छन् ।
 त्यसैगरी अधिवक्ता रेखा झाले महिला पुरुष जस्तै तेस्रोलिंगीको लागि पनि अलगबाट हरेक ठाउँमा व्यवस्था हुनुपर्नेमा जोड दिएकी छन् । उनले भनिन, ‘शौचालय महिला पुरुषका लागि हुन्छ । तर  तेस्रोलिंगीको लागि हुँदैन । कम्तिमा उपमहानगरपालिकाभित्र यस्तो व्यवस्था हुनुपर्छ ।’
कार्यक्रममा प्रदीप यादव, राजु पासमान, विनोद महरा लगायतका अधिकारकर्मीहरुले आ आफ्ना विचार राखेका थिए ।

No comments:

Post a Comment