Wednesday, February 26, 2020

नेता इमान्दार नभएकै कारण यृुवाहरु वैदेशिक रोजगारमा धनुषामा चारवर्ष ९० को मृत्यु

जनकपुरधाम, १४ फागुन । प्रदेश सभा सदस्य एवं समाजवादी पार्टीका उपसचेतक रामअशिष यादवले आफूहरु इमान्दार नभएकै कारण वैदेशिक रोजगारीमा जान युवाहरु बाध्य भएको बताएका  छन् । उनले आफ्नै मुलुकका कलकारखाना राष्ट्रभक्त नेताहरुको कारण ध्वस्त हुँदा युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य भएको वा राज्यद्वारा पठाउने बाटो खोलेको दावी गरेका छन् ।
कोक्यापद्वारा जनकपुर धाममा आयोजित ‘वैदेशिक रोजगारी ऐनमा परामर्श तथा छलफल’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेको साँसद यादवले काठमाडौं लगायत जनकपुरधामका जनकपुर चुरोट कारखाना, विराटनगरका जुट मिल, वीरगञ्जका कृषि कारखानामा हजारौजना काम गर्दथे । तर ती कारखानाहरु बन्द पश्चात् नै युवाहरु वैदेशिक रोजगारीमा जान लागेको दोहोर्याएका छन् ।
साँसद यादवले भने, ‘राष्टूभक्त भनाउने नेताहरुको यो परिणाम हो । जनकपुरधामकै जचुकालिमा पाँच हजारबढी व्यक्ति कार्य गर्दथे ती कारखानाबाट २० हजारबढीको परिवार चल्दै थियो । आज बन्द छ । वीरगञ्ज र विराटनगरको त्यही अवस्था भयो ।’
‘देशका नेता इमान्दार भएमा युवाहरुलाई वैदेशिक रोजगारीमा जानु पर्दैन(साँसद यादवले भने, ‘रेमिटान्सबाट मुलुक र नेताहरु पलाई रहेका छन् ।’
उनले प्रदेश २ सरकारले युवाहरुलाई वैदेशिक रोजगारीबाट रोक्नका लागि धैरै अभियान ल्याउन लागेका छन् । त्यो तत्काल महसुस हुँदैन । युवा स्वरोजगार बाहेक वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि बिना धित्तो ऋण उपलब्ध गराउने जिम्मेवारी प्रदेश सरकारले लिने बताएका छन् ।
कोक्यापका केन्द्रिय अध्यक्ष रोशन खड्काका अध्यक्षतामा भएको सो कार्यक्रमका विशिष्ट अतिथि प्रदेश साँसद ज्वाला साहले गरीबहरुका लागि राशन कार्ड र शिक्षामा विशेष सहुलित दिएमा मात्र वैदेशिक रोजगारीमा जाने युवाहरुमा न्यूनिकरण ल्याउन सकिने बताएकी छन् ।
त्यस्तै सहभागी मध्ये सुधा कर्णले वैदेशिक रोजगारीमा जाने युवाहरु दुर्घटनामा पर्नुको मुख्यकारण स्थानीयस्तरमा तालिमको व्यवस्था नहुनु, प्रदेश वा स्थानीयमा म्यानपावर संख्याको तथ्यांक नहुनु, परामर्श केन्द्र नहुनु लगायत रहेको बताएकी छन् ।
उनले नेपाल सरकारसँग वैदेशिक रोजगारीमा जानेको संख्या भएपनि आउनेको संख्या छैन । कतिजना गई रहेको र कतिजना अहिलेपनि वैदेशिक रोजगारीमा रहेको सत्यतथ्यं तथ्यांक नरहेको जिकिर गरिन ।
वैदेशिक रोजगारी सम्बन्धी ऐन कानून बारेमा अधिवक्ता कल्याण पोख्रेलले जानकारी गराएका छन् । त्यस्तै सीता यादव, कोक्यापका सचिव पुष्पराज पौडेल, अधिवक्ता दीपनारायण यादव,वडा अध्यक्ष भोेगेन्द्र झा भोगी, उपाध्यक्ष इन्द्रकला देवी, सुनिल मल्लिक सहितका व्यक्तिहरुले सुझाव दिएका छन् । कार्यक्रम सञ्चालन अधिवक्ता उमेश यादवले गरेका थिए ।


धनुषामा चारवर्ष ९० को मृत्यु
वैदेशिक रोजगारीमा गएका युवा मध्ये ९० वटा शव धनुषामा आएको अप्रावसीकी सुधा कर्णले बताएकी छन् । उनले वैदेशिक रोजगारीमा जाँदा पनि पैसा लाग्ने, दुर्घटना हुँदापनि घरघडारी बेचेर शव मगाउने गरेको तथ्यांक आफुसँग रहेको जिकिर गरेकी छन् ।
उनले भनिन, ‘दुर्घटनामा मृत्यु हुनेको शव ल्याउनमा पैसा लाग्दैन, तर तालिम र जनचेतनाको अभावको कारण घरघडेरी बेचेर पनि शव ल्याउने गरेको हामीसँग तथ्यांक छ ।’ उनले यस सम्बन्धी कानून छ, तर कार्यान्वयनमा आएको छैन । जबसम्म कानून कार्यान्वयन र व्यहवारमा लागु हुँदैन तबसम्म समृद्ध मुलुक निर्माण गर्न नसकिने अवस्था रहेको बताएकी छन् ।



No comments:

Post a Comment