Monday, February 3, 2020

सम्बन्ध नजिक्नुको तीन मन्त्र ः अध्यक्ष राय


जनकपुरधाम, २० माघ । महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष राकेश बिक्रम रायले मान्छेलाई जोड्नु वा नजिक ल्याउनुमा तीनवटा मुख्यमन्त्र रहेको दावी गरेका छन् ।
असहाय संरक्षण मञ्च नेपालद्वारा राखिएको सम्मान कार्यक्रममा अध्यक्ष रायले भने, ‘भाव, प्रभाव र अभाव मानिसलाई नजिक वा जोड्ने कार्य गर्दछ । भाव राम्रो भएमा मान्छे जुड्न चाहन्छ, त्यसै नभएमा मान्छेको प्रभावले पनि जुट्न्छन्, वा अभावमा मान्छे घरसम्म पुगिन्छ ।’
मञ्चका अध्यक्ष वैद्यनाथ साहको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा उनले भने, ‘असहाय संरक्षण मञ्चले सामाजिक क्षेत्रमा गरेको कार्य निक्कै प्रशंसनीय छ । उहाँको कार्य हेरेर हामी पनि जुट्न चाहन्छौं । सफाईदेखि लिएर सामाजिक जनचेतना पैmलाउनमा उहाँको योगदान निक्कै महत्वपूर्ण छ ।’
उनले पिपरा गाउँपालिकालाई नमूना गाउँपालिका बनाउनका लागि सफाईदेखि लिएर अन्य कार्य गर्ने हाम्रो लक्ष्य रहेको बताएका छन् ।
‘अध्यक्षको पद हाम्रो लागि प्रतिष्ठा होइन, परीक्षा हो’ उनले भने, ‘भ्रमण वर्ष २०२०मा पिपरालाई ठूलो विश्राम स्थलको रुपमा राख्ने चाहना हो । भारतबाट आउने पर्यटकलाई पिपरामा कसरी रोक्न सकिन्छ त्यसको तयारीमा छौं ।’
यता मञ्चका अध्यक्ष वैद्यनाथ साहले जनकपुरधाम जस्तै पिपरा गाउँपालिकामा आफ्नो अभियान सञ्चालन हुने प्रतिबद्धता जनाएका छन् ।


No comments:

Post a Comment