Tuesday, February 18, 2020

जनकपुरधामलाई ‘वैवाहिक गणतव्य’ बनाउने लक्ष्य

जनकपुरधाम, ६ फागुन । जनकपुरधामलाई धार्मिक पर्यटकीय दृष्टिले विकास गर्नुका साथै ‘वैवाहिक गणतव्य’को रुपमा विकास गर्ने जनकपुरधाम उपमहानगरपालिका अगाडि बढेको छ ।
धार्मिक साँस्कृतिक सम्पदाको धनी मानिने जनकपुरधाम क्षेत्रको सम्पदाको संरक्षण र पर्यटन प्रबद्र्धन गर्ने तथा उपमहानगरपालिकाको आन्तरिक राजस्व अभिवृद्धिका लागि चार बुँदे निर्णयलाई अगाडि ल्याएको छ ।
पर्यटन भित्र्याउन तथा रोक्नका लागि जनकपुरधाम पर्यटन प्राधिकरण गठन गर्ने, सम्बन्धित सरोकारवालाहरुको सहभागिता गराउनका लागि पर्यटन समन्वय समिति गठन गराउने छलफल भएको जनाइएको छ ।
छलफलमा विशेष गरी धार्मिक महत्वका साथै ‘वैवाहिक गणतव्य’को रुपमा जनकपुरधामलाई स्थापित गर्ने छ । साँस्कृतिक सम्पदा, मठ मन्दिर,कुटी मणिमण्डप, पार्क संग्राहलय तथा सम्पदाको सौन्दर्यीकरण तथा व्यवस्थापन कसरी गर्नेमा विशेष जोड दिएको हो ।
भ्रमण वर्ष २०२०मा जनकपुरधाममा बढी भन्दा बढी पर्यटकहरु ल्याउनका लागि केही सडकका बत्तीहरुलाई व्यवस्थापन गर्ने ताकि रातिमा पर्यटकहरु ती बाटोमा घुम्न बाध्य बनोस् ।
उपमहानगरपालिकाका अनुसार भानुचौक, शिवचौक, जानकी मन्दिर राममन्दिर, रामानन्द चौक, पिडारी चौक लगायतको बाटोमा ‘नाइट बल’ लगाएर श्रृंगार्ने कार्य हुनेछ । पर्यटकहरु ती बत्ती हेर्नका लागि एक रातमा बस्नुपर्ने वातावरणको सृजना गर्ने लक्ष्यरहेको जनाएको छ ।



No comments:

Post a Comment