सहकारीको उद्देश्य
सहकारीको मूलभूत उद्देश्य उनीहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो । सामुहिक रुपमा संगठित भएर सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु पनि सहकारीको उद्देश्य रहेको छ । समाजमा व्याप्त गरीबी, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसंगतिहरूको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आयवर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरुलाई सामाजिक न्याय दिलाउनु सहकारीको मुख्य उद्देश्य रहेको छ। सहकारीको उद्देश्यलाई निम्न भागहरूमा बाड्न सकिन्छ ।
सहकारीको परिभाषा
सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँगसँगै गरिने कामलाई बुझाउँदछ। यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ। प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो। अैँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्यूँदाको जन्ती जस्ता कुराहरू सहकारीकै रुप हुन्। आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो।
सहकारीको शैक्षिक उद्देश्य
आफ्ना सदस्यहरुको चेतना विकासका लागि सहकारी शिक्षा, तालिम र परामर्श दिनु यसको शैक्षिक उद्देश्य हो । सहकारीले आफ्ना आर्थिक कारोवारबाट बचत भएको रकमको केही अंश सहकारी तालिम, शिक्षा, परामर्श सेवा, सेमिनार, गोष्ठीजस्ता शैक्षिक क्रियाकलापमा खर्च गर्ने हुनाले एउटा शिक्षित समाजको निर्माण गर्दछ ।
सहकारीको इतिहास
मानव सभ्यताको शुरुवात सँगै समूहमा बस्ने, सामूहिक रुपमा काम गर्ने र सुख दुःखमा एक अर्कालाई सहयोग गर्ने परिपाटीबाट सहकारीताको भावना प्रकट भएको पाईन्छ । विवाह, ब्रतवन्ध, काजक्रिया आदि धार्मिक कार्य सम्पन्न गर्न समाजका सवै सदस्यहरु सम्मिलित भई सह कार्य गर्ने परम्परा अझै कायम रहिआएको छ । सहकारी आन्दोलनको शुरुवात फ्रान्स, बेलायत, जर्मनी आदि देशबाट शुरु भएको पाईन्छ । सन् १४९८ मा बेलायतको एबर्दिनमा स्थापना भएको दि शोर पोर्टर्स सोसाइटी नामक संस्थालाई विश्वको पहिलो सहकारी संस्थाको रुपमा लिइएको पाईन्छ । सहकारीको विकाश सँगै बेलायतमा सन् १८३२ मा स्थापित लकहस्र्ट लेन इन्डष्टिूयल कोअपरेटिभ सोसाइटी र १८३९ मा स्थापित ग्यालासिल्स एण्ड हावीक कोअपरेटिभ सोसाइटी हाल सम्म पनि संचालनमा छन् । यी दुवै सहकारीको नाम भने परिवर्तन भई हल क्रमशः हर्ट अफ इंग्लेण्ड कोअपरेटिभ सोसाइटी र लोथिएन बोडर्स एण्ड आर्गस कोअपरेटिभ सोसाइटी रहेका छन् ।
सहकारीको ७ अन्तर्राष्ट्रिय सिद्धान्त
सहकार्य भन्नाले आपसमा मिलेर गरिने कामलाई जनाउँछ । ’एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्टूको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो । समाजशास्त्रीको नजरमा सहकारिता सामाजिक उत्पिडनबाट मुक्ति प्राप्त गर्ने साधन हो भने प्राविधिक रुपमा यसलाई एउटा व्याबसायिक कौशलको रुपमा लिइएको छ । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ भनी यसको वारेमा विभिन्न विद्वानहरुले आ(आफ्नो धारणहरु व्यक्त गरेका छन् । हेनरि काल्भर्टका अनुसार, ‘सहकारी संगठनको त्यो रुप हो जसमा व्यक्तिहरु स्वेच्छाले आफ्ना हितको कुराहरु सुधारका लागि समानताको आधारमा एकसाथ मिलिजुली काम गर्दछन् ।’
अन्तराष्टिूय श्रम संगठन (आइएलओ) ले सहकारीको परिभाषा यसरी दिएको छ(‘सहकारी सामान्यतः सीमित साधन भएका व्यक्तिहरुको एक संगठन हो जो प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यावसायिक संगठनको माध्यमद्धारा आवश्यक पूँजी लगाएर र व्यबसायको जोखिम तथा लाभको उचित हिस्सा स्वीकार गरेर साझा आर्थिक साध्य प्राप्त गर्न भेला हुन्छन् ।’
नेपालको सहकारी ऐन २०४८ को प्रस्तावनामा उल्लेख भए अनुसार, ‘देशका कृषक, कालिगढ, कम पूँजीवाल र निम्न आयवर्ग, श्रमिक, भूमीहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकाशको लागि पारस्पारिक सहयोग र सहकारीताको आधारमा विभिन्न किसिमका सहकारी संस्था तथा संघहरुको गठन र संचालन सम्बन्धी व्यबस्था गर्न वाञ्छनीय भएकोले ऐन बनाएको छ । उपरोक्त अर्थ तथा परिभाषाको आधारमा समान इच्छा, आकांक्षा र अवस्था भएका व्यक्तिहरुबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्धारा आर्थिक तथा सामाजिक उथ्थानको निमित्त एकताबद्ध प्रयास नै सहकारी हो ।

No comments:
Post a Comment