Tuesday, February 25, 2020

संघर्षका लागि दलित महिलाहरुद्वारा सञ्जाल गठन

जनकपुरधाम, १३ फागुन । जनकपुरधाम उपमहानगरपालिकाको वडा १ देखि २५ सम्मका वडाका दलित महिलाहरुले संघर्षका लागि पाँचवटा समूह सञ्जाल गठन गरेको छ ।
दलित महिलाहरुलाई राजनीतिमा पहुँच, विकास निर्माणका लागि सम्बन्धित निकायसँग बजेट माँग, विभेद विरुद्ध संघर्ष र शोषण दमन गर्ने÷ गराउने विरुद्ध एकजुट भएर लड्ने उद्देश्यका साथ यो सञ्जाल गठन गरिएको जनाइएको छ ।
दलित महिला संघ, धनुषाले मंगलवार जनकपुरधाममा ‘दलित महिलाको विकास र सामाजिक न्यायका लागि शासन सुढिकरण’ नारा दिएर सो सञ्जाल गठन गरिएको हो ।
दलित महिलाहरुलाई संवैधानिक अधिकार कायम भएपनि राजनीति पहुँच बाहिर राखेको, दवाउने, हप्काउने र विभेद गर्दै आएकोले त्यसको विरोध र संघर्षका लागि महिला संजाल गठन गरिएको संघका धनुषा प्रतिनिधि शर्मिला महराले जानकारी गराएका छन् । उनले भने, ‘संविधानमा व्यवस्था अनुसार दलितले सीट त पाएको छ, तर त्यसको सदुपयोग अरु समुदायले गरिरहेको छ । उनीहरुमा जनचेतना र संघर्ष गर्ने हिम्मत बढ्ने उद्देश्यले दलित महिला सञ्जाल गठन गरेको हो ।’
उनले जनकपुरधाम उपमहानगरपालिकामा पाँचवटा वडा मिलाएर ३० सदस्यीय एउटा सञ्जाल गठन गर्ने हो । उपमहानगरपालिका भित्रमा ५ वटा दलित महिला सञ्जाल रहने र उनीहरुलाई विभिन्न किसिमका तालिम दिइने बताएकी छन् ।
उनले भनिन, ‘दलित महिलाहरु काम गरेर परिवार चलाउन सकिन्छ भने नेता बनेर देश चलाउन किन सकिदैन ।’ दलित महिलाहरुलाई प्रलोभन, धाकधम्की दिएर शोषण दमन हुँदै आएको छ । तर संगठित भएर संघर्ष गरेमा यी सबैको अन्त्य हुने उनले दावी गरेकी छन् ।
दलित महिला सञ्जाल अगामी निर्वाचनलाई लक्षित गरेर पनि गठन गरिएको हो । अब दलित महिलाहरु सदस्यसम्म मात्र सीमित रहँदैन, वडा अध्यक्ष र मेयरसम्मको दावेदार हुने उनले दावी गरेकी छन् ।


No comments:

Post a Comment