Friday, February 7, 2020

‘प्रदेश सरकारको पहलमा कर्मचारीहरुको आन्दोलन स्थगित’


जनकपुरधाम, २४ माघ । जनकपुरधाम उपमहा नगरपालिकाका कर्मचारीहरुले पेन डाउन गरी गर्दै आएको आन्दोलन प्रदेश सरकारको पहलमा स्थगित गरेको छ । आन्दोलनरत नेपाल नगरपालिका कर्मचारी एसोसिएशन जनकपुरधाम ईकाईले दोषी पत्रकारमाथि कारवाहीको माँग गर्दै पेन डाउलन लगायतको आन्दोलन गर्दै आएका थिए ।
पुस २२ गते केही पत्रकार र जनकपुरधाम उपमाहा नगरपालिका वीच भएको विवादमा जिल्ला प्रशासन कार्यालय धनुषामा ९ बुँदे सहमति भएको थियो । सो सहमति जिल्ला प्रशासनले नै तोडेको आरोप लगाउँदै कर्मचारीहरु आन्दोलनमा उत्रेका थिए ।

यता प्रदेश सरकारले दोषीमाथि कारवाहीको लागि पहल गर्ने र कर्मचारीहरुको सुरक्षाको वातावरण वनाउने प्रतिवद्धता जनाएपछि कर्मचारीहरुले आन्दोलन स्थगित गरेको हो ।
जनकपुरधाम उपमहा नगरपालिका विगत तीन दिनदेखि जारी आन्दोलनले सेवाग्राही कामकारवाही ठप्प भएको र स्थानिय प्रशासनले पनि ध्यान नदिएको प्रदेश सरकारलाई ध्यानकर्षण भएपछि प्रदेश सरकारका तर्फबाट भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेश साँसद परमेश्वर साह कर्मचारीहरुले आन्दोलन गरिरहेको ठाउमा पुगेका थिए ।

उपमहानगर पालिकाका इन्जिनियर विरेन्द्र यादवले केहि पत्रकारहरुले जनकपुरधाम उपमहानगरपालिकामा प्रक्रिया समेत नपुरयाई सेवाग्राही काम कारवाही रोक्ने किसीमको क्रियाक्लाप गर्दै आएको मन्त्रीहरुलाई जानकारी गराएका छन् । उनले सूचना दिनका लागि उपमहानगरपालिकामा प्रवक्ता नियुक्त गरिएपनि केहि संचारकर्मीहरुले काम गर्नमा असहजता महसुस गराउदै आएको दुखेसो पोख्दै विवाद सृजनापछि भएको सहमती बाबजुद प्रशासनले एकतर्फीरुपमा कारवाही प्रक्रिया अगाडी बढाएको र काम गर्ने वातावरण नभएपछि वाध्यभएर पुनः आन्दोलनमा होमीएको बताए छन् ।
यता यस विषयमा भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले कर्मचारीहरुलाई काम गर्नमा कसैले असहजता वनाउनु सर्वाधिक अनुचित कार्य रहेको बताएका छन  । उनले भने ‘यसलार्इं प्रद्श सरकारले गम्भीरतापूर्वक लिएको छ । कर्मचारीको सुरक्षाको जिम्मेदवार प्रदेश सरकारको हो ।’
उनले विवादको विषयमा सरोकारवाला निकायसंग छलफल गर्ने वताउदै आन्तरिक सुरक्षालाई अझै चुस्त दुरुस्त वनाउदै मेयर साहसंग आग्रह गरेका छन । उनले भने,ु ‘कुनै पनि किसीमको सुचना लिनु छ भने प्रक्रियागत रुपमा पुग्नुपर्छ,उसले नदिए माथिल्लो निकायमा पुग्नुपर्ने वतावरण छदाछदै कानुन भन्दा माथि कोहि नरहेकोले कानुनको पालना गर्नु आवश्यक रहेको छ ।ु
‘उपमहानगरपालिकाको कार्यालयमा भएको विवादको विषयलाई आफुले गम्भीरताका साथ लिएको र यसलाई सम्वन्धित निकायसंग छलफल गरेर समस्या सामाधान गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जिकिर गरेका छन् ।


No comments:

Post a Comment