Friday, February 7, 2020

तरकारीमा आत्मनिर्भर बन्दै गौरदाहाका किसानहरु



जनकपुरधाम, २२ माघ । धनुषाका धनौजी गाउँपालिका वडा नं. २ गौरदाहाका किसानहरु व्यावसायिक रुपमा तरकारी खेती गरेर आर्थिकरुपमा आत्मनिर्भर बन्दै गएका छन् ।
सधैं आफ्नै खान पुग्नका लागि तरकारी खेती गर्दै आएका त्यहाँका किसानहरु अहिले तरकारीबाट राम्रो आम्दानी हुनथालेपछि अब विस्तार रुपमा तरकारी खेती गर्न लागेको बताएका छन् ।
‘पहिला धान र गेहुँ खेती मात्र गर्दथे । आफू खानका लागि एकआध कट्टामा तरकारी खेतीबाट पुग्थ्यो । अहिले आठ कट्टामा तरकारी खेती गरेका छौं, आम्दानी पनि राम्रै भएको छ(५५ वर्षिय बद्री मण्डल बताउँछन ।’ उनले भने, ‘साना हातहरु एउटा संस्थाले तरकारी खेतीका लागि १० हजार रुपैयादियो । ती रुपैयाबाट चार कट्टामा तरकारी खेती गरे । शुरुवातमै ४०हजारसम्म आम्दानी गरिसके । अझै एकलाख आम्दानी हुने विश्वास छ ।’
उन पहिला हामीले धानखेती गर्दथ्यौँ, तर त्यसबाट मात्र राम्रो आम्दानी लिन नसकेपछि धान खेती छाडेर तरकारीखेती गरेका छौँ । ‘दुःख त धेरै भएपनि आम्दानी राम्रो हुन्छ ।ू उनले भने सिँचाइको लागि पानीको समस्या छैन ।’
त्यस्तै त्यही गाउँका ६० वर्षिय नारायण सहनीले तरकारी बाली लगाएको तीन महिना भएको छ । तीन महिनामा ३० हजार रुपैया आम्दानी गरिसकेका छौं । धेरै प्रकारको तरकारी खेती गरेपनि फुलगोभी, मुन्नागोभी, टमाटर, आलु मात्र विक्री गरेका छौं, धनियाँपातहरु पनि रहेको बताएका छन् ।
चारवटा छोरी छन् । घरमा कोही पनि कमाउनेवाला छैन । तरकारी खेती गरेर नै आफ्नो घरपरिवार चलाई रहेको ५८वर्षिय रामसुनैर देवी मण्डल बताउँछिन् । उनले भनिन, ‘वरिपरिमा धनौजी, गौरदाहा, देउरी बजारमा गएर सब्जी बचेर परिवार चलाउँदै आएका छौं ।’
पहिला जथाभावी रुपमा मलखाद्य दिन्थे । तर तरकारी सम्बन्धी तालिम लिएपछि खर्चपनि कम र उब्जनी पनि राम्रो भई रहेको उनले बताइन ।
उनले भनिन, ‘आफू सफल महिला किसान बन्न चाहन्छौं । तरकारीमा किटनाशक औषधीको प्रयोग पनि गरिदैनौं ।’

एक कट्टामा पहिला तरकारी खेती गर्दथे । तर यस पटक पाच कट्टामा तरकारी खेती गरेको भगली देवी मण्डल बताउँछन् । उनले तरकारी खेती सम्बन्धी तालिम पश्चात् धेरै कुरा सिखेको छु । त्यसलाई प्रयोगमा ल्याई रहेको बताएकी छन् ।
गौरदाहाका करीब पचासजना यस्ता किसानहरु छन् जसले तरकारी खेतीमा आत्मनिर्भर बन्दैछन् । उनीहरु बताउँछन् पहिला खेतमा दुईवटा पसल मात्र उगाउँथे । तर तरकारी खेतीको शुरुवात गर्दा सबै महिनामा केही नकेही आम्दानी भई नै रहेको छ ।
तीन महिना कृषि विज्ञ उमेश साहले ती गाउँका किसानहरुलाई तालिम दिएका थिए । तालिममा कुन माटोमा कस्तो तरकारी उब्जाउन सकिन्छ । कति औषधी दिनुपर्छ लगायतको कुराबाट त्यहाँका किसानहरु निक्कै प्रभावित भएको थियो ।

गौरदाहाका किसानहरुको तरकारी खेती हेर्नका लागि सामाज कल्याण परिषद र साना हातहरुका प्रतिनिधिहरु अनुगमनमा जाँदा आफै छक्क परेका थिए । उनीहरुले थोरै रकम र एकदुई दिनको तालिमबाट यसरी खेती गर्छन यहाँका किसानहरु सोचेको पनि थिएन । तर यहाँका स्वस्थ तरकारीबाली हेरेर आफ आश्चर्यमा परेको परिषदका प्रतिनिधि बालकृष्ण दाहाल बताउँछन् । उनले आउने दिनमा यहाँबाट ठूलै संख्यामा तरकारी उत्पादन हुन्छ विश्वास रहेको बताएका छन् ।
त्यस्तै साना हातहरुका अध्यक्ष उमा चित्रकारले पहिलो चरणको प्रयासले सफल हेरेर अझै यी किसानहरुकालागि केही गरौं चाहना भएको बताएकी छन् । उनले तालिम लगायतको सुविधा दिनका लागि सम्बन्धी निकायमा प्रयास गर्ने बताएकी छन् । तरकारी खेती अनुगमन गर्न प्रदीप मरबैता, जयप्रकाश मण्डल,  विष्णु यादव,सोही गाउँपालिकाका अध्यक्ष बद्रीनारायण सिंह, रमेश राज अर्याल सहितका टोली रहेका थिए ।

1 comment: