Friday, July 13, 2018

रामको निर्वाचन आज, सदस्यहरु निर्विरोध निर्वाचित, सबैमा प्रतिस्पर्धा


जनकपुरधाम, २९ असार । धार्मिक, साँस्कृतिक एवं समाजिक क्षेत्रमा कार्य गर्दै आएका श्री राम युवा कमिटीको आज निर्वाचन हुने भएको छ ।
कमिटीको १५ सदस्यीय कार्य समितिका लागि हुने निर्वाचनमा सदस्यहरु निर्विरोध निर्वाचित भई सकेका छन भन्ने बाँकी सबै पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका लागि तीनजनाले उम्मेदवारी दिएका छ । अध्यक्ष पदमा परमेश्वर प्रसाद साह, उपेन्द ठाकुर र शम्भु प्रसाद साह प्रेमीले उम्मेदवारी दिएका छन । ती मध्ये उपेन्द्र ठाकुर पूर्व अध्यक्ष रहेको छ भने शम्भु प्रसाद साह निवर्तमान अध्यक्ष रहेका छन । त्यस्तै परमेश्वर प्रसाद साह उपाध्यक्ष पद रहेर कार्य गरिसकेका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा ४ जना, उपाध्यक्ष पदमा २ जना, महासचिव पदमा तीनजना, सचिव पदमा तीनजना तथा कोषाध्यक्ष पदमा दुईजनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत उमेश साहले जानकारी दिएका छन् ।
निर्वाचन अधिकृत साहका अनुसार कमिटीको अध्यक्ष पदका लागि उपेन्द्र ठाकुर, शम्भु प्रसाद शाह प्रेमी तथा परमेश्वर प्रसाद साहले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा अजय कुमार साह तेली, पंकज कुमार खण्डेवाल, शिव ठाकुर सोनार, संजय कुमार ठाकुरले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष पदमा अनिल कुमार साह र प्रकाश कुमार साह, सचिव पदमा लालबाबु प्रसाद साह, शम्भु लाल दास, दिनेश कुमार सिंहले दिएको जनाइएको छ ।
त्यस्तै सदस्य पदमा प्रमोद कुमार पण्डित, संजय कुमार ठाकुर (बी), लोकेश्वर झा, अजय कुमार ठाकुर, प्रकाश कुमार मण्डल (विटु), दिलिप कुमार साह निर्विरोध निर्वाचित भएका छन ।

No comments:

Post a Comment