Friday, July 13, 2018

सबैका साथ सबैको विकासका साथ अगाडि बढनेछौं ःसाह

श्री राम युवा कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिएका परमेश्वर साहसँग दैनिक जनकपुरले गरेको कुराकानीको संक्षिप्त अंश
तपाईको उम्मेदवारी किन ?
म यस कमिटीको उपाध्यक्ष भएर कार्य गरिसकेको छु । मेरो कार्यकाल पूर्ण सफल रहेको छ । श्री राम युवा कमिटी विशुद्ध रुपमा सामाजिक संस्था हो र सामाजिक कार्य पनि नगरेको होइन । तर जुन रुपमा खेलकुद, स्वस्थ्य, शिक्षा क्षेत्रमा कार्य हुनुपर्ने थियो त्यो अनुसार देखिएको छैन । धार्मिक, साँस्कृतिक, सामाजिक र स्वस्थ्यको क्षेत्रमा कार्य गर्ने उद्देश्यले उम्मेदवारी दिएको छु ।
समाजमा तपाई कस्ता कस्ता कार्य गर्नु भएको हो ?
सामाजिक क्षेत्रमा कार्य गर्न मेरो दृढ इच्छा छ । तर अहिलेसम्म अवसर नपाएकोले गर्न सकेको छैन । एक पटक यसै कमिटीको उपाध्यक्ष भएर सामाजिक, धार्मिक, साँस्कृतिक लगायत विभिन्न क्षेत्रमा कार्य गरेको कसैसँग लुकेको पनि छैन । यस पटक अध्यक्ष पदमा विजयी भएपछि धेरै कार्य गर्नु सोचेको छु ।
तपाई जितेपछि पहिलो कार्य के हुनेछ ?
कमिटीको धेरै यस्ता कार्य छन, जुन वर्षोदेखि अधुरा रहेको छ । त्यो अधुरा कार्यलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । त्यसपछि गुरुयोजना बनाएर कार्य गर्न विश्वास समेत दिलाउन चाहन्छु ।
सदस्यहरु तपाईलाई मत दिन्छ त्यसको आधार के हो ?
मैले पहिला पनि भनि सकेको छु, सामाजिक कार्य तर्फ मेरो रुचि धेरै छन । अहिलेसम्म ममाथि कुनै प्रकारको दाग लागेको छैन । कमिटीको उपाध्यक्ष भएर कार्य गरेको सबैले देखेकै छन । मलाई विश्वास छ, सदस्यहरुले यसपटक मलाई विजयी गराउने छन् ।
अन्त्यमा केही भन्नु हुन्छ ?
अन्त्यमा सदस्यहरुलाई के भन्न चाहन्छु भने कमिटीमा नयाँ अनुहार आउनु प¥यो । एक पटक मलाई अध्यक्ष पदमा विजयी बनाई दिनका लागि सबैमा अनुरोध र नमन गर्दछु । सबैका साथ र सबैको विकासका साथ अगाडि बढने मेरो प्रतिबद्धता हो ।

No comments:

Post a Comment