Friday, July 13, 2018

मुख्यमन्त्री राउतलाई मातृ शोक


जनकपुरधाम, २९ असार । प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतलाई मातृ शोक परेको छ । करीब ७० वर्षको उमेरमा शुक्रबार दिउसो सवा तीन बजे मुख्यमन्त्री राउतको आमा राधिका देवीको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
समान्य ज्वरो आएपछि उपचारको लागि तीन दिनअघि भारत बिहारको रक्सौल स्थित डंकन अस्पतालमा भर्ना गरेको थियो । उहाँको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँलाई अन्तिम संस्कारको लागि आजै पैतृक गाँउ पर्साको जगन्नाथपुर लाने र आज विहान ९ बजे मुश्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दिपक यादवले जनाएका छन । मृतका राउतका २ छोरा र दुई छोरी हुनुहुन्छ । यता जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले मुख्यमन्त्री लालबाबु राउतको आमाको असमायिक निधनप्रति दुःख व्यक्त गरेका छन । उनले यस्तो दुःखद घडीमा माता जानकीले शोकाकुल परिवारजनप्रति धैर्यधारणा गर्ने क्षमता प्रदान गरुन कामना समेत गरेका छन ।

No comments:

Post a Comment