Tuesday, December 25, 2018

आ“खा शिविरमा तिलगंगाका चिकित्सकहरु


जनकपुरधाम, १० पुस । धनुषाको शहीद नगर नगरपालिकामा आयोजित निःशुल्क स्वस्थ्य शिविरमा सैयौजना बिरामीले उपचार गराएका छन् ।
नेपाली सेना, रेडक्रस सोसाइटी तथा शहीद नगरपालिकाको संयुक्त आयोजनामा आयोजित ‘निःशुल्क स्वस्थ्य शिविर’मा धनुषा भरिकै बिरामीहरुले उपचार गराएका छन् । एक दिवसीय निःशुल्क स्वस्थ्य शिविर तथा दुई दिवसीय ‘आँखा शिविर’मा तीन सयबढी जनाले विभिन्न रोगको उपचार गराएका हुन् ।
चिकित्सकहरुमा नेपाली सेनाका चिकित्सक, तिलगंगा आँखा प्रतिष्ठानका काठमाडौका चिकित्सकहरु रहेको थियो ।
निःशुल्क स्वस्थ्य शिविरमा अधिकांश महिलाहरु देखिएका थिए । शिविरमा उपचार गराउन पुगेका बिरामीहरुलाई औषधी समेत निःशुल्क दिने गरेको थियो ।
स्वस्थ्य शिविरको उद्घाटन गर्दै शहीद नगरपालिकाका मेयर उदय बरबरियाले बढ्दो चिसोलाई मध्य नजर गरी यो निःशुल्क स्वस्थ्य शिविरको आयोजना गरेको बताएका छन् । उनले धनुषाकै सबभन्दा ठूलो स्वस्थ्य शिविर लागेको दावी समेत गरेका छन् । दक्ष चिकित्सद्वारा यहाँ बिरामी चेकजाँचका साथै निःशुल्क रुपमा औषधी समेत दिने गरेको उनले बताएका छन् ।
स्वस्थ्य शिविरमा बढी हार्डजोर्नी, मिन्स रोगी, घुडा दुखेको, डाइबिजी भएका, पेटका बिरामी तथा रुघाखोखीका बिरामीहरु आउने गरेको नेपाली सेनाका चिकित्सक विद्या कार्कीले बताएकी छिन् । उनले अधिकांश रोगीहरु महिला नै रहेको जिकिर पनि गरेकी छिन् ।
महिलाहरुलाई महिला चिकित्सकले उपचार गरेका थिए भने पुरुषलाई चित्ररंजन झाले उपचार गरेका थिए । नेपाली सेनाले आफ्नै क्याम्प खडा गरेको त्यहाँ चेकजाँच गराउने कार्य गरेको थियो । सेनाहरुको सक्रियतामा बिरामीहरुले लामबद्ध भएर निःशुल्क उपचार गराएका थिए ।
त्यसैगरी आँखा शिविरमा मोतीविन्दुको अप्रेशन सहुलियत दरमा भई रहेको छ । मोतीविन्दु भएका रोगीहरुको रगत परीक्षण, एचआईभी, हेपाटाइटिस, पिसाब जाँच लगायतको उपचार निःशुल्क रुपमा गरिएको छ । मोतीविन्दुको अप्रेशनमा ६ हजार लाग्ने ठाउँमा निःशुल्क स्वस्थ्य शिविरमा नाम दर्ता वापत १०५० राखिएको महिला शहीद सामुदायिक अध्ययन केन्द्रका संयोजक लालबाबु हाथीले बताएका छन् । उनले काठमाडौंबाट आएको चिकित्सकहरुको आतेजाते भत्ताका लागि मात्र सो शुल्क राखेको बताएका छन् ।
यता मेयर बरबरियाले शहीद नगरपालिकावासीहरुको लागि सो शुल्क पनि निःशुल्क गरिएका र अन्य नगरपालिकाबाट आएको रोगीहरुलाई १०५० तिर्नुपर्ने बताएका छन् । तीन दिवसीय निःशुल्क आँखा शिविरमा प्रत्येक दिन ५० जनालाई  मोतिविन्दुको उपचार भई रहेको उनले बताएका छन् ।

No comments:

Post a Comment