Tuesday, December 25, 2018

प्रदेश २ सबभन्दा बढी जोखिममा


जनकपुरधाम, ९ पुस । प्रदेश नं. २ मा जलवायु परिवर्तनको सबभन्दा बढी जोखिममा रहेको जनाइएको छ ।
जनकपुरधाममा आयोजित जलवायु परिवर्तन विषयक प्रादेशिक ‘अन्तरक्रिया’ कार्यक्रममा जलवायु परिवर्तन विज्ञ मञ्जित ढकालले सातवटै प्रदेश मध्ये प्रदेश २ सबभन्दा जोखिममा रहेको दावी गरेका छन् । उनले यस प्रदेशमा ८ वटा जिल्ला मध्ये सप्तरी जिल्ला अति जोखिममा रहेको बताएका छन् । पर्सा, महोत्तरी, धनुषा र सिरहा गरी चारवटा जिल्ला उच्च जोखिमा र बारा, रौतहट, सर्लाही मध्य जोखिममा रहेको दावी जलवायु परिवर्तन विज्ञ ढकालले गरेका छन् ।
त्यसैगरी स्वच्छ उर्जा नेपाल प्रदेश नं. २ का राजन थापाले जलवायु परिवर्तन हुँदा विभिन्न प्रकारका रोगव्याधी लाग्ने, कृषि उपजमा कमी आउने, अत्यधिक गर्मीको कारण जीवजन्तु मर्ने वा गायब हुने, तापक्रम बढ्न थालेपछि मृत्युसम्म हुने लगायत रहेको बताएका छन् ।
उनले जलवायु परिवर्तनको कारण बढी संख्यामा वन विनास हुनु, ज्वालामुखी बिष्फोट हुनु र अत्यधिक रुपमा सवारी साधनको प्रयोग लगायतले जलवायु परिवर्तन हुने गरेको बताएका छन् ।  नेपालमा तीन तहको सरकार भएकोले तीनतहकै सरकारबाट जलवायु परिवर्तन न्यूनिकरणका लागि नीति बनाउनु पर्ने आवश्यकता रहेको औल्याएका छन् ।
उनले जलवायु परिवर्तनको न्यूनिकरणका लागि राष्टिूय स्तरमा मात्र नभई विश्वस्तरमा प्रयास भई रहेको बताएका छन् । नेपाल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्टू संघीय महासन्धीको पक्ष राष्टू हो र यसले सन २०१५ मा भएको पेरिस सम्झौतालाई अनुमोदन गर्दै विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धतासँगै विश्व समुदायलाई पनि दवाव दिने कार्य भई रहेको बताएका छन् ।
त्यसैगरी प्रदेश नं. २ का साँसद रामअशिष यादवले यसरी तापक्रम बढ्दै गएमा एक दिन पृथ्वी नै समाप्त भएर जाने दावी गरेको छन । उनले यसको रोकथामको लागि प्राकृतिको संरक्षण आवश्यक रहेको बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा राष्टिूय शिक्षा आयोगका सदस्य डा. रामस्वार्थ राय, समाजसेवी रवि गोयन्का लगायतले विचार राखेका थिए ।

No comments:

Post a Comment