Wednesday, December 12, 2018

शौचालय र पार्कि·को अभाव, विवाहपञ्चमी हेर्न आएका पर्यटक अलपत्र


जनकपुरधाम, २६ मंसिर ।  धार्मिक एवं ऐतिहासिक पावन नगरी जनकपुरधाममा विवाहपञ्चमी हेर्न आएका श्रद्धालु पर्यटकहरुले शौचालय र सवारी पार्किङ्गको व्यवस्थापन नहुन नसक्दा निक्कै चिन्तित देखिएको छ ।
नगरभित्रमा पार्किङ्ग बोर्ड तथा नगरभित्रमा शौचालय नहुँदा उनीहरु निक्कै चिन्तित एवं पीडित देखा परेका छन् । भारत तथा नेपालको विभिन्न जिल्लाबाट आएका हजारौको संंख्यामा श्रद्धालु पर्यटकहरुले बुधवार विहानैदेखि शौच गर्नका लागि शौचालय खोज्दा नभेटाभएपछि उनीहरु निक्कै चिन्तित देखा परेका थिए ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा स्वच्छता अभियान चलाएपनि मेला भरिका लागि पर्यटकहरुले दिशा पिसाब कहाँ गर्ने केही व्यवस्थापन गर्न सकेको छैन । यता जनकपुरधाम उपमहानगरपालिकाले पनि शौचालयको व्यवस्थापन गर्न नसक्दा पर्यटकहरुलाई निक्कै पीडमर्का भोग्नु परेको छ ।
मेला हेर्न आएका पुरुष श्रद्धालुहरुले टाढा टाढा गएर शौच गरेपनि महिला श्रद्धालुहरुलाई सबभन्दा बढी समस्या देखा परेको थियो । भगवान रामसीताको स्वयंवर हेर्न आएको श्रद्धालुहरु शौचका लागि शौचालय खोज्नमा बढी समस्य खचिएका थिए ।
त्यस्तै नगरभित्रमा सवारी साधन निषेध गरेको थियो । तर सवारी पार्किङ्ग कहाँ गर्ने खासै व्यवस्था हुन नसक्दा सवारी चालकहरु पनि निक्कै समस्यामा परेको थियो । राजमार्गमा केही ठाउँमा पार्किङ्गको व्यवस्था हुँदा पनि गाडीको देखाभाल गर्ने समस्या रहेको चालकहरुको भनाई थियो । उनीहरुले सवारी पार्किङ्ग वापत न्यूनतम शुल्क लिएपनि सवारी सुरक्षित हुनुपर्ने नदेखिएको बताएका छन् ।

No comments:

Post a Comment