Wednesday, December 12, 2018

स्वयम्वरमा सहभागी भए योगी आदित्यनाथ,सा“झा नियतिबाट जोडिएको छ नेपाल–भारत सम्बन्ध


जनकपुरधाम, २६ मंसिर । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल भारतको सम्बन्ध साँझा नियतिबाट नै जुडेको बताएका छन् । उनले हाम्रो देशको खुल्ला सीमाना हाम्रो बलियो सम्बन्धको पहिचान रहेको दोहोर्याएका छन् ।
सीताराम विवाह महोत्सवका अवसरमा बुधवार जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनापछि आगन्तुक पुस्तिकामा सो कुरा लेख्दै उनले सीतारामले पालना गरेको आदर्श र मूल्य सार्वभौम भएकाले पे्ररणा प्रदान गरिरहेको बताएका छन् । उनले भगवान् राम र सीताको जीवन भाारत तथा नेपालको धर्म, संस्कृति र सभ्यताको अभिन्न अङ्ग भएको उल्लेख पनि गरेका छन् ।
उनले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पूजा अर्चना र विदेहराज महाराज जनकको भूमिको यात्रा गर्न पाएकामा खुसी व्यक्त गरेका छन् । मुख्यमन्त्री योगीले आफू र प्रतिनिधिमण्डलको स्वागतका लागि नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिँदै भारत सरकार र जनताकातर्फबाट सुख तथा समृद्धिको कामना बताएका छन् ।
मुख्यमन्त्री योगीले भारत र नेपालको जनता जनजनसम्म रामकथा एकसूत्रमा बाँधने गरेको जिकिर गरेका छन् । उनले जनकपुरधामको ब्याख्या गर्दै भने, ‘प्राचीन समयमा जनकपुरधाम ज्ञानको केन्द्र रहेको थियो । यहाँ ज्ञानी र दार्शनिक विमर्श र प्रबोधनको लागि आउने गर्दथे ।’ उनले दुबै देशलाई रिस्ता, भाषा र साँस्कृति सम्बन्ध सधै नजिक गर्दै आएको पनि बताएका छन् ।
मुख्यमन्त्री योगीले भारतको आर्थिक प्रगतिका वास्तविक लाभ नेपाललाई प्राप्त होस् त्यसका लागि कनेक्टिविटीलाई बढाउन आवश्यक रहेको बताएका छन् ।
स्वयम्वर कार्यक्रममा जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लालकिशोर साहले मुख्यमन्त्री योगीलाई अभिनन्दन पत्रबाट सम्मानित गरेका छन् । उनले अभिनन्दन पत्रबाट नै पटक पटक जनकपुरधममा आउने निमन्त्रणा समेत दिएका छन् ।
स्वयंवर कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले पनि जानकी मन्दिरको प्रतिमा प्रदान गरी सम्मानित गरेका छन् ।
स्वयम्वर कार्यक्रममा मुख्यमन्त्री आदित्यनाथ योगीले पुरुषोत्तम भगवान रामको बुवाको स्वरुपमा प्रस्तुत भएका थिए । हास्यव्यंगले दर्शकलाई समेत झुमाएका थिए ।

No comments:

Post a Comment