Sunday, December 30, 2018

जनकपुरधाममा ओर्लिदै पर्यटक


जनकपुरधाम, १४ पुस । धार्मिक ऐतिहासिक नगरी जनकपुरधाममा पर्यटकहरुको भित्र्ने संख्या विगतभन्दा कैयौ गुणा बढेको छ । धार्मिक नगरीका साथै प्रदेश नं. २ को राजधानी समेत जनकपुरधाम भएकोले नेपाल तथा भारत लगायत अन्य देशका पर्यटकहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको स्थानीयहरुको कथन छ ।
नेपालमा तीन तहको सरकार गठन भएको दुई वर्ष नवित्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतको धार्मिक भ्रमणले जनकपुरधामको धार्मिक नगरीको रुपमा पहिचान स्थापित तर्फ अग्रसर भएको हो । भारत सीमावर्ती क्षेत्रबाट करीब २० किलोमिटर दूरीमा रहेको जनकपुरधाममा विशेष गरी दिसम्वरदेखि मार्चसम्म भारतीय पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । तर यसवर्ष नेपाल, भारत लगायत अन्य मुलुकबाट पनि प्रतिदिन सैयौको संख्यामा पर्यटकहरु आउन लागेका हुन ।
श्रद्धालु् पर्यटकहरु विशेष गरी धनुष सागर र गंगासागरमा स्नान गरी जानकी मन्दिर, संकटमोचन मन्दिर, स्वर्गद्वार लगायतको मठमन्दिर तथा सरसरोवरमा पूजापाठ गरेर धनुषाधाम जाने गरेको छ ।
त्यसैगरी नेपालको ओगलढुंगा, दांग, पोखरा, काठमाडौं, झापा, सिन्धुली, विर्ता लगायतका पर्यटकहरु जनकपुरधाम जानकी माताको दर्शन गर्न आउने गरेको छ । उनीहरु जानकी दर्शन र  धनुषाधाम दर्शन पश्चात् गणतव्यतिर फर्किने गरेको हो ।
एशियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरधामको सडक, नाला निर्माण पश्चात् जनकपुरको स्वरुप नै परिवर्तन भएपछि आउने गरेको पर्यटकहरु अचम्भित हुने गरेको छ ।

No comments:

Post a Comment