Monday, December 17, 2018

कृष्णा मेडिकलमा पैसाको चलखेल बढी पैसा दिनेलाई नामाङ्कन

जनकपुरधाम, १ पुस । जनकपुरधाम उपमहानगरपालिका भित्रमा रहेको कृष्णा मेडिकल एण्ड टेक्निकल कलेजमा बढी रकम दिनेलाई मात्र नामांकन गर्ने गरेको आरोप लगाइएको छ ।
बीएससी नर्सिङ्ग पास भएको रिजल्ट निकालेपनि नामांकनभन्दा बढी पैसा दिनेलाई मात्र नामाकंन गर्ने गरेको एकजना विद्यार्थीले आरोप लगाएकी छन् । बीएससी नर्सिङ्गको योग्यता परीक्षामा ५ औ स्थान लाएकी रीमा यादवले नामांकनभन्दा बढी रकम नदिंदा त्यो ठाउँमा अरु विद्यार्थीलाई नामांकन गरेको आरोप लगाएकी छिन् ।
उनले भने, ‘२७ जना परीक्षा पास भएको रिजल्ट साटिएको छ । ती मध्ये पाँचौ स्थानमा हाम्रो नाम हो । तर २० वटा सिट भएता पनि तलबाट छाट्नुपर्नेमा आपूmले नामांकनभन्दा बढी रकम दिन नसक्दा मलाई नामांकन नगरेको हो ।’ उनले स्कलरशीपमा पनि परीक्षामा ९ नम्वर र ११ नम्वरको विद्यार्थीलाई मात्र नाम प्रकाशन गरेको बताएकी छिन् ।
एडिमिशनका लागि भन्दाभन्दै पनि कलेजका सञ्चालक रामपृत यादवले आजभोली गर्दा गर्दै अर्को वर्षमा नामाकंन गरिदिने भनेपछि बाध्य भएर पत्रकारहरुलाई गुहारेको उनले दुःखेको सुनाएकी छिन् । उनले सिरहाको सरकारी विद्यालय जनता नमूना माध्यमिक विद्यालय मौवाही सखुवाजन्कार प्रधानाध्यापकको पदमा रहेर मेडिकल कलेज सञ्चालन गरी विद्यार्थीको भविष्यसँग खेलवाड गर्दै आएको आरोप पनि लगाएकी छन् ।
विद्यार्थी यादवले आफूले जिल्ला प्रशासन कार्यालयमा समेत यस सन्दर्भमा मुद्दा दर्ता गराई सकेको भन्दै ठगी तथा प्रलोभनमा पार्ने सञ्चालकमाथि कारवाहीको माँग समेत गरेकी छन् । यता कृष्ण मेडिकलका सञ्चालक रामपृत यादवसँग फोन सम्पर्क गर्दा सम्पर्कमा आएको थिएन ।


No comments:

Post a Comment