Tuesday, January 2, 2018

वडा अध्यक्षद्वयद्वारा सय दिनमा प्रगति विवरण प्रस्तुत


जनकपुरधाम, १८ पुस ।  जनकपुर उपमहा नगरपालिकाका दुईवटा वडा अध्यक्षले आफ्नो सय दिनमा गरेको कार्य प्रगति विवरण पत्रकार सम्मेलन मंगलवार गरी प्रस्तुत गरेका छन ।
यसै क्रममा वडा नं. ७ का वडा अध्यक्ष जानकीराम साह र वडा नम्बर ४का वडा अध्यक्ष सुदर्शन सिंहले कार्य प्रगति विवरण प्रस्तुत गरेका हुन । 
वडा नम्बर ७का वडा अध्यक्ष साहले सय दिनको अवधिमा बिजुली पोलहरुमा बल्व लगाउनुका साथै, जिरोमाइल चोकलाई फ्रि वाइफाइ जोन बनाएका छन् । त्यस्तै वृक्षारोपण, वडाको सरसफाई, मुसहरी टोलमा ३ सय मिटर सडक निर्माण, बसहिया सडकको १ हजार मिटर सडक निर्माण, १० वटा सडकमा पीसीसी सडक निर्माण लगायतका कार्यहरु गराएका छन् ।
९० प्रतिशत काम अझैपनि बाँकी रहेको बताउँदै उनले सो कामहरु पनि उपमहा नगरपालिकाले सहयोग नगरेपनि तत्काल आफ्नै लगानीमा निरन्तर रुपमा गरिरहने प्रतिबद्धता जनाएका छन । ५ वर्षको अवधिमा विकास निर्माण सँगै पुरातात्विक सम्पदा,मठ मन्दिर,पोखरीलाई संरक्षण गर्ने काम हुनेछ र साथै आफनो वडामा गुठीको जग्गामा अबैध घर निर्माण कुनैपनि हालतमा गर्न नदिने उनले वाचा समेत गरेका छन ।
मंगलबार नै जनकपुर उपमहानगरपालिका वडा नम्बर ४का वडा अध्यक्ष सुदर्शन सिंहले पनि पत्रकार सम्मेलनको आयोजना गरी कार्य प्रगति विवरण प्रस्तुत गरे । 
उनले आफ्नो सय दिनको अवधिमा वडाको सरसफाई रुट निर्धारण गर्नुका साथै विद्युतका पोलहरुमा बल्व लगाएका छन । एडिबीको सडक तथा नाला निर्माण कार्यमा भएको विवाद समाधान गराई निर्माण कार्य सुचारु गराउनुका साथै अव्यवस्थि सडकलाई व्यवस्थित गर्नु, बालमैत्री वडाका लागि बाल उद्यानका लागि गुरु योजना निर्माण, तिरहुतीया गाछीलाई स्पोर्ट सेन्टरको रुपमा निर्माण लगायतका कार्यहरु गरेका
छन । यता जनकपुर उपमहा नगरपालिकाका मेयर लालकिशोर साहको पनि सय दिनको अवधि पूरा भई सकेको छ । उहाँले कहिले कार्य प्रगति विवरण प्रस्तुत गर्नु हुनेछ जिज्ञासाको विषय रहेको छ ।

No comments:

Post a Comment