Thursday, January 11, 2018

जउवा संघको निर्वाचनमा को भन्दा को अगाडि



जनकपुरधाम, २७ पुस । जनकपुर उद्योग वाणिज्य संघको कार्य समितिको निर्वाचन प्रचार प्रसार जोरसोरले चलिरहेको छ । उम्मेदवारहरुले घरदेखि  पसलसम्म मत माँग्नमा व्यस्त देखिन्छ ।
संघका सबैपदमा कडा प्रतिस्पर्धा देखिएकोले उम्मेदवारहरु विहानदेखि अबेर रातिसम्म मत माग्न तथा कसको कुन पदमा बढी मत आउने सम्भावना रहेको मूल्यांकन गर्नमा माथापिच्ची गरिरहेका छन् । एकतर्फ उम्मेदवारहरु एकअर्कासँग मत दिनेलिने वातावरण बनाउनमा विश्वास दिलाई रहेका छन् भने अर्कातिर सर्वसाधारणहरु आफ्नै किसिमले मूल्यांकन गरिरहेका छन् ।
निर्वाचन नजिकदै जाँदा कसले बाजी मार्ला उम्मेदवारहरुको ठाउँको दुखाई बन्दै गएको छ । अर्कोतिर चिया पसल, पानपसल तथा सार्वजनिक स्थलमा जित्ने उम्मेदवारहरु को—को हुन त्यसको मूल्यांकन पनि सर्वसाधारणहरु आफ्नै किसिमले गरिरहेका छन ।
अध्यक्ष पदमा ललित साह र पवन ठाकुर उम्मेदवार रहेको छ । दुबै उम्मेदवार मध्ये अहिले को अगाडि हो भन्न सकिने अवस्था छैन । तर रामचौक, भानुचौक, शिवचौक र रामानन्द चौकको चिया पसल र पानपसलमा सर्वसाधारणहरुले यसरी आफ्नो मूल्यांकन गर्ने गरेको पाइएको छ। उनीहरुको अनुसार वर्तमान अवस्थामा ललित साह अगाडि रहेको चर्चा गर्दै आएका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा पनि विजय कुमार साह र जितेन्द्र प्रसाद साह उम्मेदवार हुन । यी दुबै बीच कडा प्रतिस्पर्धा देखिएको छ । यी दुबै उम्मेदवार मध्ये अहिलेसम्म सर्वसाधारण जनताले खुलेको छैन । दैनिक जनकपुरले चौक चौराहामा रिपोर्टिङ्ग गर्न जाँदा  चौकहरुको आफ्नो विश्लेषण रहेको पाइएको छ । कतिपय चौकमा सर्वसाधारणहरुले यसपाली विजय साहले बाजी मार्ला भन्ने गरेको पाइएको छ भने कतिपय चौकमा जितेन्द्र प्रसाद साहको पनि दावी गर्दै आएका छन् ।
उपाध्यक्ष पदमा चारजना उम्मेदवारी दिएका हुन ।  ती मध्ये सुरेन्द्र कुमार भण्डारी र विजय कुमार साहमा बढी प्रतिस्पर्धा देखिने सर्वसाधारणको कथन रहेको छ । प्रतिस्पर्धा हुँदा पनि सुरेन्द्र कुमार भण्डारीको पकड राम्रो रहेको र अन्तोगत्व आउने सम्भावना रहेको अनुमान सर्वसाधारणको रहेको छ । स्थानीय रमेश साहका अनुसार अहिले जनकपुरका नागरिक अब सचेत भई सकेका छन् । उम्मेदवारको बारेमा भन्न त गाह्रो छ, तर जुन प्रकारले सर्वसाधारणहरु मूल्यांकन गर्ने गरेको छ, त्यसलाई निरन्तता दियो भने आउने सम्भावना प्रबल रहेको बताउँछन् ।
महासचिव पदमा पनि पाँच जना उम्मेदवार हुन । ती मध्ये जितेन्द्र कुमार महासेठ र सुनिल कुमार प्रसादको बढी चर्चा देखिएको छ । यी दुबै बीच कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको सर्वसाधारणले गर्दै आएका छन् । तर अहिलेको अवस्थामा जितेन्द्र कुमार महासेठ अगाडि रहेको पनि मूल्यांकन गर्दै आएका छन् ।
त्यस्तै सचिव पदमा पाँच जनाले उम्मेदवारी दिएको छ । यी पदहरुमा को कोसँग प्रतिस्पर्धा हुन खुल्न सकेको छैन । तर फुलदेव पण्डित अहिलेसम्म अगाडि रहेको सर्वसाधारणहरुले मूल्यांकन गरेका छन् ।

No comments:

Post a Comment