Wednesday, January 10, 2018

संघलाई राजनीति मुक्त गर्छौ ः भण्डारी


२०७४ पुस २९ गते जनकपुर उद्योग वाणिज्य संघको कार्य समिति चुनाव हुन गई रहेको छ । व्यापारीहरुको समस्या, अगामी नीति र जनकपुरलाई पर्यटकीय धार्मिक नगरीको रुपमा कसरी विकास गर्न सकिन्छ । यसै सन्दर्भमा जउवा संघका उपाध्यक्ष पदका उम्मेदवार सुरेन्द्र कुमार भण्डारीसँग दैनिक जनकपुरले गरेको कुराकानीको संक्षिप्त अंश
तपाईको उम्मेदवारी किन ?
म दुई कार्यकालसम्म इमान्दारी पूर्वक जउवा संघको पदाधिकारी रही कार्य गर्दै आएको छु । गएको कार्यकालमा पनि सचिव पदमा रही आफूले महासचिव पदको कार्य गरेको सर्वविदित नै छ । व्यापारी, उद्योगीको लागि आफू सधैं सेवकको रुपमा कार्य गरेको छु । उनीहरुकै सरसल्लाह अनुसार आफूले उम्मेदवारी दिएको हो ।
व्यापारीहरुको हितमा के(के कार्य गर्नु भएको हो ?
व्यपारीहरुलाई जतिबेला पनि समस्या आएको छ, आफू पुग्ने गरेको छु । कुनै पनि समस्या वा झै झगडालाई प्रहरी प्रशासनमा पुग्न दिएको छैन । व्यापारीहरुको समस्यालाई लिएर प्रहरी प्रशासनदेखि लिएर अन्य निकायसँग समेत लडने गरेको छु ।
अहिले व्यापारीहरुको मुख्य समस्या के छ त ?
जनकपुरका व्यापार व्यवासयीहरु अहिले पनि एउटा चुनौती नै रहेको आफूले महसुस गरेको छु । विगतभन्दा अहिले शान्ति सुरक्षा कायम नभएहो होइन, तर जुन रुपले यहाँका व्यापार व्यवसाय फ्रस्ट्याउनु पर्ने हो त्यसमा धेरै कमीकमजोरी देखिएको छ । बाहिरबाट आउने उपभोक्ताहरु जनकपुर आउनबाट हिचकिच्याई रहेको देखिन्छ । जनकपुर उपमहानगरपालिका भई सकेको छ र अब सम्भावित राजधानीको हल्लाले कोठा भाडा निक्कै बढाइएको छ । तर यहाँका व्यापार व्यवसाय फ्रस्टाएको छैन । त्यसको कतिपय कारणहरु छन् ( सडक, नाला व्यवस्थित नहुनु । उपभोक्ताहरुलाई तान्ने रणनीति निर्माण नहुनु लगायत रहेछ ।
त्यसको लागि के गर्नुपर्छ ?
जनकपुर उद्योगी नगरी होइन, यो एउटा धार्मिक पर्यटकीय नगरी हो ।  जनकपुरधाम राजधानी बन्नुको एउटै कारण हो धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्नु । व्यापार व्यवसायका लागि पनि पर्यटक तान्ने नीति बनाउनु पर्छ । जनकपुरमा पर्यटकहरु तान्ने नीति र प्रचार प्रसार गरेमा यहाँ आर्थिक क्रान्ति आउने निश्चित छ । यस पटक आफू उपाध्यक्ष पदमा विजयी पश्चात पहिलो मुद्दा हाम्रो यही नै हुनेछ । यसका लागि जनकपुर उद्योग वाणिज्य संघले जनकपुर उपमहानगरपालिका लगायत अन्य निकायसँग समन्वय गरी अगाडि बढने छ विश्वास दिलाउन चाहन्छौं ।
अन्त्यमा व्यापारी मतदाताहरुसँग केही भन्नुहुन्छ ?
हो, जनकपुरका व्यापारीहरु सचेत हुन । कार्य गर्नेलाई नै सधैं अवसर दिंदै आएको छ । जसले व्यापारीको हितमा, उत्थानमा र सुखदुःखमा साथ दिनेछ त्यसलाई नै विजयी गराउने छ । विगतमा हाम्रो कार्य उनीहरुले हेरिसकेका छन् । मलाई विश्वास छ यस पटक पनि उपाध्यक्ष पदमा भारी मतले विजयी गराउने छ ।


No comments:

Post a Comment