Thursday, January 25, 2018

निर्वाचन स्थलमै राजपालाई खनिए दलित महिला



जनकपुरधाम, १० माघ । राष्ट्रिय सभा सदस्यका लागि बुधवार उम्मेदवारी दर्ता गराउन गएका उम्मेदवारबीचमा नै निर्वाचन अधिकृतको कार्यालयमा राजपालाई एकजना दलित महिलाले खनिएका छन् ।
राजपा नेतृ सुनिता दासले राष्ट्रिय जनता पार्टीले दलितहरुप्रति विभेद गरेको भन्दै परिवारवाद, जातिवाद र अहंकरवाद पार्टी रहेको आरोप लगाएकी छिन् । उनले स्थानीय तहको निर्वाचनमा मात्र होइन, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य लगायत राष्ट्रिय सभा सदस्यमा समेत दलितहरुलाई उपेक्षित गरेर अगाडि बढेको दोष लगाएका छन् । उनले २०६२÷०६३ सालको मधेश आन्दोलनदेखि नै मधेश आन्दोलनमा सक्रिय पूर्वक निर्वाह गर्दै आएपनि आफ्नो मूल्यांकन नगरेको गुनासो पोखेकी छिन् ।
सुनिताले भनिन ‘मधेशी जनअधिकार फोरम नेपालबाट राजनीति शुरुवात गरेको छु । ०६८ सालदेखि तराई मधेश सद्भावना पार्टीमा लागेको र सधैं मधेशवादी दलमा सक्रिय भूमिका निर्वाह गरेपनि सीटको बाँडफाँड हुँदा दलितलाई अपहेलित गरेको आरोप लगाएकी छिन् ।
राष्ट्रिय जनता पार्टी नेपालले २० वर्षपछि स्थानीय तहको निर्वाचन लगायतमा दलितहरुलाई अपहेलित गरेको भन्दै निर्वाचन स्थलमै आक्रोश पोखेकी छिन् । दासले राजपाले अल्पसंख्यक, पिछडिएका, मुस्लिमलगायतका समुदायलाई उपेक्षित गरेको बताएकी छिन् । उनले दलितलाई समावेश गर्नका लागि सर्वोच्चसम्म  गुहार्ने समेत बताएकी छिन् ।

No comments:

Post a Comment