Friday, January 5, 2018

जउवा संघको अध्यक्षमा २, वरिष्ठ उपाध्यक्षमा ३ र उपाध्यक्षमा ५ले उम्मेदवारी आज दिने


जनकपुरधाम, २१ पुस । जनकपुर उद्योग वाणिज्य संघको अगामी पुस २९ गते हुन लागेको निर्वाचनका लागि शुक्रवार उम्मेदवारी फर्म वितरण गरिएको छ ।
अध्यक्ष पदमा दुईजना बीच प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष पदमा तीनजना, उपाध्यक्ष पदमा पाँच जना, महासचिव पदमा चार र सचिव पदमा पाँच जनाले फर्म लिएको जउवा संघका निर्वाचन समिति अध्यक्ष मनिषरमण साहले जानकारी दिएका छन् ।
समितिका अध्यक्ष साहका अनुसार अध्यक्ष पदका लागि ललित कुमार साह र पवन ठाकुरले उम्मेदवारी फर्म लिएका छन् भने वरिष्ठ उपाध्यक्ष पदका लागि विजय कुमार साह, जितेन्द्र प्रसाद साहले उम्मेदवारी फर्म लिएका छन् ।
त्यस्तै उपाध्यक्ष पदका लागि सुरेन्द्र कुमार भण्डारी, अरुण साह, विजय कुमार साह, सलामत राइत, सरोज कुमार मिश्रले फर्म लिएको छ । महिला सदस्यमा दिपिका रायले मात्र फर्म लिएको हो ।  महासचिव पदका लागि जितेन्द्र कुमार महासेठ, अरुण कुमार साह,कृष्ण देव साह र सुनिल प्रसादले उम्मेदवारी फर्म लिएका छन् । एशोसिएट सदस्यका लागि  राजीव कुमार साह चन्दनले मात्र उम्मेदवारी फर्म लिएको जनाइएको छ ।
त्यस्तै सचिव पदका लागि धर्मेन्द्र कुमार साह, विकास साह, गोपी कुमार साह, फुलदेव पण्डित, जितेन्द्र कुमार साहले उम्मेदवारी फर्म लिएको समिति अध्यक्ष साहले दैनिक जनकपुरलाई जानकारी गराएका छन् ।
जनकपुर उद्योग वाणिज्य संघको शनिवार उम्मेदवारी दर्ता रहेको छ । संघमा २५ सय ६२ जनाले मतदान गर्न पाउने जनाइएको छ ।

No comments:

Post a Comment