Friday, January 26, 2018

यात्रा संस्मरण ः ‘वैद्यनाथदेखि काशी दर्शन’

कैलास दास
साथीहरुसँग भ्रमण गर्दा रमाइलो हुनु स्वभाविकै हो । एउटै गाडीमा आठ दस जना साथीहरु जतिखेर गप्पसप गर्छन र त्यो बीच जुन हस्सी ठहक्का हुन्छ त्यो घडी स्मरणीय रहिरहन्छ । तर कहिलेकाही यस्तो पनि घटना घटन जान्छ जुन कहिले पनि विर्सिन्न सकिदैन ।

२०७४ माघ १ गते जनकपुरधामबाट दुई वटा गाडी वैद्यनाथधामको लागि हिड्यो । चिसोसँग हुस्यु चल्दा शुरुमा धेरै कष्टदायी यात्रा महसुस भयो । तर गाडीमा हामी सबै युवा नै थियो । साथीहरुसँग हस्यव्यङ्ग र ठहक्का शुरु हुन वितिक्कै चिसो पनि छू—मन्तर जस्तै कहाँ गायब भयो कसैलाई थाहा पनि भएन । गत वर्ष हामीले सुलतानगञ्ज, वैद्यनाथधाम र बासुकीनाथ धार्मिक यात्रासँगै बंगालको तारापीठ र कलकत्ताको काली दर्शन गरेर फर्केका थियौं ।

यस पटक सुलतानगञ्ज, वैद्यनाथधाम र बासुकीनाथ दर्शन गरेर फर्किने साथीहरुले निर्णय गर्यो । हामी बसेको गाडीमा भर्खरै जनकपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा निर्वाचित भएका सुरेन्द्र कुमार भण्डारी, गणेश युवा कमिटीका अध्यक्ष सुनिल लाल दास, पूर्व अध्यक्ष सन्तोष महतो र दीपेन्द्र साह रहेका थिए । गाडी चालक सशस्त्रका केशव हुनुहुन्थ्यो । उहाँलाई फाटफुट हिन्दी मात्र बोल्न आउने गर्दथे । उहाँको भारतको लामो धार्मिक यात्रा पहिल नै रहेको थियो ।

जनकपुरधामबाट माघ १ गते बेलुका करीब २ बजे हामीहरु यहाँबाट वैद्यनाथधामको लागि प्रस्थान गरेका थियो । प्लानिङ्ग अनुसार सुलतानगञ्जमा गंगा स्नान गरेर जल भरी सोही दिन वैद्यनाथ पुग्नु थियो । तर जनकपुरधाममै ढिलो भएकोले बाटोमा सो प्लानिङ्गमा परिवर्तन भयो । अब हामी सुलतानगञ्ज र बासुकीनाथधाम नगई सिंधै वैद्यनाथधाम जाने बाटोमै साथीहरुले निर्णय लियो । तर त्यो निर्णय अझै भयावह बन्न पुग्यो ।

जहाँबाट सुलतानगञ्जको लागि बाटो हुन्छ त्योबाटो छोडेर हामीहरुले अर्कोबाटो समातेर गाडीलाई गुडाउन थाले । तर ठूलो समस्या आयो रातिमा बाटो देखाउने कोही थिएन । बाटोघाटोकै भटोहीहरुलाई सोधेर हामी वैद्यनाथ जाने हाइवेको जमुई पुगे । त्यहाँ पुग्दा अभैm भयत्रास उत्पन्न हुन थाल्यो । स्थानीयहरुसँग सोद्धा जमुईबाट वैद्यनाथधामको दुईवटा बाटो रहेछ । एउटा बाटो नक्श्ली र अर्को दुईगुणा बढी दूरी तय गर्ने । जमुई चौकमा केही प्रहरीहरु गस्तीमा रहेको थियो । हामी साथीहरुले कुन बाटोबाट जाने प्र्रहरीसँग सल्लाह माँगे । प्रहरीले पनि बढी दूरी तय गर्ने बाटोबाट नै जाने सल्लाह दिएका थिए । प्रहरीको कुरालाई काट्दै हामीले नक्शलीबाटोबाट नै जाने अठोट लिए । त्यसको एउटै कारण —हामीसाथी १७ जनाको समूहमा रहेको थियो ।

जमुईबाट करोबबा—चकई पुग्नेबाटमा केही मिनट गाडी गुड्याएकै होला कि बाटो बन्द रहेको संकेत देखियो । हामी फेरी अन्योलमा पर्यो । साथीहरु एकअर्कामा वार्तालाप गर्न थाले । ‘हामी अघि नै भन्दै थियौ, प्रहरीको कुरा नकाटौ, सबैले जबरजस्ती गर्दै आएकोले यो परिणाम देखा पर्यो ।’ राति करीब ११ः३० बजेकोले अलि भयत्रास हुनु स्वभाविकै हो । तर हिम्मतमा कमी आएन । बन्दको संकेतिक ठाउँमा पुग्दा त्यहा ठूलो सवारी साधनलाई निषेध गरिएको लेखेको रहेछ ।

बिहारदेखि झारखण्डको यात्रामा हामीले सबभन्दा ठूलो अनुभूति सुरक्षाको पायो । सुरक्षाकर्मीहरु आफ्नो कर्तव्यपालनमा निक्कै जिम्मेवार हामीहरुले महसुस गर्यो । जहाँ कोही नहुन्थ्यो त्यहाँ सुरक्षाकर्मीहरु अवश्य देखिन्थ्यो । हुनतः बाटोमा सीमरिया घाटको दर्शन पनि भयो । माता गंगा त्यहाँ बग्ने गर्दथे । त्यहाँ पर्यटकहरुलाई  समरिया पूल नै आकर्षित गरेको रहेछ । भनिन्छ यो पुल अग्रेजले बनाइएको छ । तीन तल्लो पुलमा रेल, बस लगायत गुड्ने गर्दछ ।

अब हामी राति करीब १ बजे हामी वैद्यनाथधाम पुग्यो र लज खोज्दा खोज्दै २ बजेको थियो । माघ २ गते मंगलवार विहान ८ बजे नै केही साथी लजमै नुहाए र दर्शनको लागि मन्दिर हिडे र केही साथीहरुले शिवगंगामा स्नान गरेर जाने भन्दै हिडेका थिए ।

मंगलवारै करीब १० बजे हामी बाबाको दर्शनका लागि लामबद्ध भए । ११ बजे राम्रोसित बाबाको दर्शन गर्न सफल भयो । बाबाको दर्शन पश्चत् हामी सबैले माटोको कपमा चिया खाएर अब कहाँ जाने विचार गर्न थाल्यो । त्यहाँबाट साथीहरु मध्ये कसैले बनारस जाउ, कसैले बासुकीनाथधाम त कसैले जनकपुर फर्को भन्दै अल्झलमा थियो । अधिकांश साथीहरु बनोरस गएको थिएन । बनारस हिन्दुधर्मावलम्बीहरुको ठूलो चर्चित र मोक्षप्राप्तिको स्थान रहेको सबैले सुन्दै आएका थिए । त्यसैले अधिकांश साथीहरु बनारस नै जाउ भन्दै हठ गर्न थाले । तर कति समय लाग्ला, कति किलोमिटर रहेको छ र कुन बाटोबाट जाने कसैलाई थाहा थिएन । ती मध्ये सुनिल लाल दासले जानेबाटो र समयको बारेमा सबै कुरा थाहा भएको विश्वास दिलाए । उनी कहिले इन्टरनेटमा म्यापद्वारा बाटो हेर्ने गर्दथे त कहिले हस्यव्यङ्ग गरी सबैको मनजित्नमा सफल हुन्थ्यो ।

झारखण्डको वैद्यनाथबाट उत्तरप्रदेश बनारसीको काशीको दुरी करीब पाँच सय किलोमिटर रहेको म्यापले दर्शाएका छन् । म्याप अनुसार करीब ९ घण्टा लाग्ने देखाइएको छ । त्यहाँबाट साथीहरु बनारस जाने निर्णय लियो । वैद्यनाथधामको करीब पौने १२ बजे गाडी गुडाउन थाल्यो । बाटैमा खाना पनि खाएर । करीब पचास किलोमिटरको दूरी तय गरेपछि बाटोमा एउटा सुन्दर र आकर्षक सूर्य मन्दिर भेट्यो । एउटा ठूलो पोखरीमा सो मन्दिरको निर्माण गरिएको थियो । झारखण्डकै मिर्चागञ्जमो सो मन्दिर पर्दछ । पुरै शान्त वातावरण त्यो मन्दिरको वरिपरि रहेको थियो । हामीसाथीहरुले त्यो मन्दिर दर्शन पश्चात् सिधैं बनारसीको लागि प्रस्थान गरे ।
लगातार १२ घण्टा पश्चात् करीब १ बजेको वरिपरि हामी बनारस आई पुग्यो । बनारस शहरमा पुगेपनि हामी रात कहाँ विताउने, भोलीको कार्यक्रम के रहेछ केही प्लानिङ्ग गर्न सकेन । साथीहरु मध्ये सुनिल लाल दास एक पटक बनारस पुगेकोले केही सजिलो महसुस भयो । उनले रेल्वे स्टेशननिर जाने सल्लाह दिए । तीनचार चक्कर लगाएपछि हामी सबैलाई एउटा लाँजमा बस्न मौका पायो ।

भनिन्छ —‘भ्रमण गर्नाले शान्ति र समृद्धि मात्र होइन, जनचेतना र आयुमा समेत वृद्धि हुन्छ । नयाँ ठाउँको अवलोकन गर्न पाउँदा नयाँ विचार र नयाँ केही गर्न पाउने प्रेरणा पनि पाउँछ ।’ अब हामी गंगा माताकै छेउँमा छौं । तर कसैले काशीमा माता गंगाको दर्शन गर्न नपाएकोले ललायित जस्तै महसुस भयो । मंगलवारको रात अधिकांश काशीको पर्यटकीय स्थलकै बारेमा साथीहरु चर्चा चलिरह्यो ।
बनारसी धार्मिक पौराणिक र पर्यटकीय स्थल हो सबै अवगत नै छ । तर यहाँ शान्ति, सद्भाव र अपनत्व देखिएपनि विकासको ममलामा साच्चिकै पछाडि परेको महसुस भयो । एउटा धार्मिक स्थलको अनुसार जुन किसिमको यहाँका व्यक्तिहरुमा सेवा भाव र व्यवहार देखियो त्यो अनुसार जनकपुरवासीमा हामीलाई कमी महसुस भयो ।
हामीहरु बुधवार विहानै माता गंगाको दर्शन गर्न गंगा घाट पुगे । यहाँ नित्यदिन विहान र साँझ गंगा आरती हुन्छ जसले पर्यटकहरुलाई आकर्षित गर्ने गर्दछन् । गंगाघाटमा पुग्दा पहिलोको गंगाघाट र अहिलेको गंगाघाटमा धेरै परिवर्तन भएको केही व्यक्तिले सुनाए । गन्दगीले भरिएको गंगा नदी भारतको नरेन्द्रमोदी प्रधानमन्त्री हुँदा कायापलट नै गरिदिएको हो । हुनतः मोदी ज्यू पनि यसै क्षेत्रबाट निर्वाचित पनि हुुनु भएको छ ।
साथीहरुसँग बोटमा चढेर पहिला गंगा नदीको टापुमा पुगे । त्यहाँ स्नान गरी भरपुर मनोरञ्जन गर्न थाले । केही साथहरुले उँटमा बसेर फोटो खिचाउन थाल्यो भने केही घोडामा बसेर । हामीसँगै दुईवटा गाइड पनि थियो । उहाँले सबै स्थानको बारेमा जानकारी गराउँदै थियो । टापुमा करीब दुई घण्टाको मनोरञ्जन पश्चात् अब हामी ‘बोट’मा बसेर गंगा घाटको विशेषताको बारेमा बुझ्न खोज्यो ।
हामीसँग रहेको ‘गाइड’ले राजा हरिश्चन्द्रले स्मशान घाटमा गरेको नोकरी, कालु डोमको घर, ललिया घाट लगायत दर्जनौंघाटको बारेमा जानकारी गराए । काशीको अधिकांश स्थलको बारेमा जानकारी गराएर हामीलाई काशी विश्वनाथ मन्दिरमा दर्शन गराउन लगे ।
काशी विश्वनाथ (महादेव दर्शन) मन्दिरमा हामीहरु लामबद्ध भए । दुई घण्टा पश्चात बाबाको दर्शन पश्चात् जब चन्दन लगाए त्यसपछि जुन शान्ति महसुस भयो त्यो शायद हाम्रो पहिलो अनुभव नै थियो । त्यहाँ एउटा भनाईछ ‘काशी विश्वनाथ दर्शन पश्चात काल भैरव नगएमा तीर्थयात्रा अधुरै हुन्छ ।’
क्रमशः

No comments:

Post a Comment