Saturday, January 6, 2018

अपराधी प्रवृतिका व्यक्तिहरुबाट न्याय पाउ ः साह


जनकपुरधाम, २२ पुस ।  धनुषाको शहीद नगरपालिका वडा नंं. ८ बस्ने राजकुमार साहले अपराधी प्रवृतिका व्यक्तिहरुबाट न्याय पाउँ भन्ने पत्रकारहरुलाई गुहारेका छन् ।
पीडित साहले शनिवार आफ्नै घरमा पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन । उनले गाविस विसरभोरा २ हाल शहीद नगरपालिका वडा नं. ८ मा मेरो आमा स्व. रामरती देवी साहको नाउँमा ९ धुर जग्गा रहेको र सोही वडाको केही व्यक्तिहरुले उक्त जग्गा कब्जा गरिराखेकोले त्यस्ता व्यक्तिहरुबाट न्याय पाउँ भनि सबैलाई गुहारेका छन् ।
पीडित साहले २०४७ सालमा रितु रौनियारबाट आमा रामरतीले सो जग्गा खरीद गरेको र अहिलेपनि सबै कागजातहरु मसँग हुँदाहुँदै पनि उक्त जग्गामा बस्न जाँदा केही अपराधी प्रवृतिका व्यक्तिहरुले आफु सहित छोरा र श्रीमतीलाई पटक पटक कुटपिट गरेको आरोप लगाएका छन् ।
उनले ०७० साल फागुन २० गतेका दिन विपक्षीहरुले मेरो जग्गा कब्जा गर्न जादा प्रतिकार गरेपछि श्रीमती  सहित मलाई पनि कुटपिट गरेको र त्यो घटनालाई लिएर इलाका प्रहरी कार्यालय यदुकोहामा सामाजका भलभलादमी सहित बसेको बैठक बसी छलफल हुँदा जग्गा खाली गराउन बाउण्ड समेत बनेको बताएका छन् ।  साहले जिल्ला अदालत धनुषाले ती अपराधी प्रवृतिका व्यक्तिहरुलाई मारपिटको आरोपमा ६ महिना १५ दिनको जेल सजाय तथा ४ हजार रुपैया जरिवाना गरी आमाको नाउँमा रहेको जग्गा खाली गराउन आदेश समेत दिई सकेको पत्रकार सम्मेलनमा बताएका छन् ।
उनले सोही वडाका असर्फी गोइत,देवेन्द्र गोइत, रामअशिष यादव, रोहित यादव,जीवन यादव लगायतले मुद्दा जितेपनि फेरी जनकपुर उच्च अदालतमा निवेदन दिएको बताएका छन् । जग्गाको सबै प्रमाण पूर्जा हुँदा हुँदैपनि मानसिक र शारीरिक यातना दिनेबाट मुक्ति पाउन भने सबै निकायलाई गुहारेको बताएका छन् ।


No comments:

Post a Comment