Monday, January 22, 2018

सरस्वतीको सवारी स्कुटी बनाउँदा यस्तो प्रतिक्रिया

जनकपुरधाम, ८ माघ । प्रसिद्ध जानकी मन्दिरको छेउँमा श्रीपञ्चमीका दिन विद्याकी देवी सरस्वतीलाई स्कुटीमा बसाएर हर्षोल्लास पूर्वक पूजापाठ गरिएको छ । जनकपुरधाम लगायत देशभरिका लागि यो एउटा नमूनाको रुपमा श्रद्धालु तथा दर्शकहरुले लिएका छन् ।
माता सरस्वतीको सवारी स्कूटी देखेर श्रद्धालुहरु विभिन्न पोजको तस्वीर खिच्न तथा खिचाउनमा व्यस्त देखिएका थिए भने कतिपय श्रद्धालुहरुले माताको तस्वीरमा प्रसादको ठाउँमा पैसा समेत चढाउने गरेको थियो । हिन्दु धर्मको अनुसार यो संस्कृतिमाथिको प्रहार रहेको सन्तमहन्थको कथन रहेको छ भने युवा अभियन्ता सुशिल कर्णले परिवर्तित युगको अनुसार माता सरस्वतीको स्कुटीमा बसाएर पूजापाठ गर्ने चलन प्रारम्भ गरेको बताएका छन् ।
कर्णले दैनिक जनकपुरसँग कुराकानी गर्दै भने ‘सरस्वती पूजामा माँस मदिरा प्रयोग गर्न पाइन्छ, माता सरस्वतीको पोशाक अलावा छात्रछात्रा तथा श्रद्धालुहरु आँधी लुगा लगाउन पाइन्छ, खुलेआम रुपमा अश्लिल नृत्य गर्न पाइन्छ भने आधुनिकता अनुसार माता सरस्वतीको स्कूटीमा बसाएर पूजापाठ किन गर्न पाईदैन ।’
तर जनकपुर उपमहानगरपालिकाकी मेयर रिता झाले यो हिन्दु धर्म तथा साँस्कृतिमाथिको प्रहार रहेको बताउँछन् । यस्ता प्रवृति ल्याउनेमाथि करवाही अगाडि बढाउनुपर्नेमा उनले जोड दिएकी छिन् ।
त्यस्तै राजनीतिविज्ञ भोगेन्द्र झा ‘व्यथित’ले  माता सरस्वतीलाई स्कूटीमा बसाएर पूजापाठ गर्नु सँस्कृतिमाथिको प्रहार अर्थात यो विकृति रहेको बताएका छन् । उनले सरस्वतीको वाहन हँस रहेछ, मन्त्रको उचारणमा पनि सवारी हँसको उपचारण गर्ने गरेको पाइएको छ । तर अहिले जुन प्रकार अवस्था देखिएको त्यो अनुसार बनाइएको होला त्यसमा आफू केहि भन्दैन  । यहाँका स्कुल÷कलेजहरु पनि पूजालाई एउटा व्यापार नै बनाइएको आफूले महसुस गरेको बताएका छन् ।
उनले आज यस्तो चिसोयाममा हुँदाहुँदै पनि अर्धनग्न कपडा लगाएर घुमफिर गर्नु, हुलहुलदंगा गर्नु, आस्थामाथिकै प्रहर हो । उनले भने ‘शायद धर्ममाथि आस्था घट्दै गएकोले माता सरस्वतीलाई स्कूटीमा बसाएको होला ।’
यस सन्दर्भमा जानकी मन्दिरका छोटे महन्थ रामरोशनसँग सम्पर्क गर्न खोज्दा उहाँले सम्पर्कमा आएको छैन । यता सामाजिक सञ्जालमा पनि त्यो तस्वीरमाथि विभिन्न किसिमको व्यङ्ग गरिएको छ । अधिकांश व्यक्तिले साँस्कृतिमाथि प्रहार गरेको उल्लेख गरेको छ ।

No comments:

Post a Comment