Thursday, June 26, 2014

करोडौंको जग्गा कब्जा व्यक्ति सार्वजनिक

कैलास दास
जनकपुर, असार १२ । जनकपुरका धार्मिक एवं ऐतिहासिक पोखरीका डिलहरु अतिक्रमित गरी बनाइएको घर टहरा भत्काई रहेको बेलामा एकजनाले करोडौं पर्ने जग्गा कब्जा गर्ने षडयन्त्रमा लागेका थिए ।
भर्खरै घोषणा स्थापना भएको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ६ मा पर्ने करोडौं मुल्यको ऐलानी जग्गा सोही वडाका कित्ता नं. ४१÷६४ को ६ कठा १५ धुर जनकपुर नगरपालिका वडा नं. १ बस्ने सजन मुरारको नाममा दर्ता रहेकोमा बाकी रहेका करिब ७ कठा जग्गा आफनो छुट भएको तर भोगमा रहेको भन्दै नापीलाई प्रभावमा पारी नक्सा तयार पारी लालपुर्जा निकाल्ने दाउमा रहेका छन् ।
जनकपुर–ढल्केवर सडकको छेउमा रहेका उक्त जग्गा आफनो भोग चलन भनी जिल्ला नापी कार्यालय धनुषाका नासु अमिन विजय कुमार सहनीसंग नाप नक्सा गराई भोग बमोजिमको लालपुर्जाको माग गरेपछि मालपोत कार्यालय धनुषाले ३५ दिने सूचना जारी गरेपछि उक्त जग्गा बारे महेन्द्रनगरमा खैलाबैला मच्चिएको छ ।
नदि उकासको सार्वजनिक जग्गालाई आफनो पार्ने दाउमा रहेका मुरारकाले नापी मालपोत कार्यालयलाई प्रभावमा पारेको गुनासो व्यापक भएको छ । उक्त जग्गा बारेमा अदालतले पनि सार्वजनिक नै भएको भनी फैसला गरेको बेलामा अहिले निजि भनेर दर्ता गराउने दाउमा रहेका छन् । जग्गाको क्षेत्रफल सुधारका लागि प्रतिवेदनका बुझाएका नाअ विजय कुमार सहनीसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।
उता जिल्ला मालपोत कार्यालयका मालपोत अधिकृत मदन झाले उक्त जग्गा उनको हो, वा होईन त्यस बारेमा ३५ दिने सार्वजनिक सूचना जेष्ठ २३ गते जारी गरेको र उक्त अवधिमा कसैले दावी वा उजूरी नगरेको खण्डमा त्यसको ७ दिन पश्चात् मालपोत कार्यालयबाट कर्मचारी खटाई सरजमिन गराई मात्र लालपुर्जा बनाउने तर्फ अगाडी बढ्ने बताए । आफुहरुले कानून अनुसार नै अगाडी बढेको र उनको जग्गा नभए प्रमाण लिएर आउनका लागि सबैसंग आग्रह गरेका छन् ।

No comments:

Post a Comment