Monday, June 23, 2014

आमा छोरा हत्याका अभियुक्त सार्वजनिक

कैलास दास

जनकपुर असार ९ । महिला र एक बालकको हत्या गरेको केही घण्टामा नै धनुषा प्रहरीले हत्यामा संलग्न अपराधीलाई फक्राउ गरी सोमवार सार्वजनिक गरेको छ । 
जनकपुर नगरपालिकाको वडा नं. ४ बस्ने वर्ष २७ की मैतुल खातुन र निजका छोरा वर्ष ७ को अमरुज साफिको हत्या गर्ने अभियोगमा भारतको विहार सीतामढी मधुवन्नी जिल्लाका चरौत निवासी हाल जनकपुर ४ बस्नेमा रहँदै आएका वर्ष २१ को दीपक कुमार ठाकुरको पक्राउ गरी सार्वजनिक गरेको छ ।
शनिवार विहान २ बजे ठाकुरले खातुन र साफीको हत्या गरेका थिए । खातुनको हत्या गर्ने ठाकुर निजको घर निर्माणका ठेकेदार रहेका थिए । उनकै घरमा राति खानपान गरी हिडिसकेपछि २ बजे राति गएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । मृतक मैतुल खातुनको हत्यापछि बालक साफिले कराउँदा उनलाई पनि घाटी थिचेर हत्या गरेको प्रहरीले बताएका छन् । हत्या पश्चात् मृतकका भाई रासन साफीले सोही राती ९ बजे पठाएको नगद १ लाख १२ हजार ३ सय ५० रुपैया लुटी फरार भएका थिए ।
पक्राउ परेका अभियुक्तले प्रयोग गरेको काठको फाटा १ थान, घटनास्थलमा घाटी बाँधन प्रयोग भएको डोरी १ थान , अभियुक्तले प्रयोग गर्ने मोबाईल १ थान, मृतकका मोबाईल १ थान, घटनाको समयमा अभियुक्तले प्रयोग गरेको कपडा, मृतकको घरबाट लुटिएका १ लाख १२ हजार ३ सय ५० रुपैया नगद, अभियुक्त ठाकुरको घरबाट बरामद गरी पत्रकार सम्मेलन मार्फत धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले सार्वजनिक गरेका थिए ।
पत्रकार सम्मेलनमा ठाकुरले घटनाको जिम्मेवारी लिएका थिए । थोरै रकमका लागि यस्ता प्रकारको जघन्य अपराध भएको घटना सायदै हुने गरेको धनुषाका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले बताए । ठाकुर मुस्लिम समुदायकै युवतीसंग विवाह गरेका थिए । निज महिला र बालकको हत्या पश्चात् दिपक कुमार ठाकुरले लगाएको लुगामा रगत लागेकाले श्रीमतीलाई रातीनै धुन लगाएका थिए । रगत सफा गरिएको सर्ट र पाईन्ट पनि प्रहरीले पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गरेका थिए । अभियुक्त ठाकुरमाथि मुलुकी ऐनको ज्यान महला बमोजिम अनुसन्धान कार्य अगाडी बढाईएको छ । मृतक महिलाका श्रीमान् डेढ वर्ष देखि खाडी मुलुकमा बैदेशिक रोजगारमा गएका छन् । निजकै घर बनाउने ठेक्का लिएका ठेकेदार अभियुक्त ठाकुर रहेका छन्

No comments:

Post a Comment