Sunday, June 22, 2014

आमा छोराको विभत्स हत्या

कैलास दास
जनकपुर, असार ९ । जनकपुर नगपालिका वडा नं. ४ मा आईतवार विहान एक्कै परिवारका आमा छोराको रहस्यमय तरिकाले हत्या गरिएको छ । सो वडाको आनन्द नगर कटैया चौरी घर भएका वर्ष २७ की मैतुन खातुन र छोरा वर्ष ७ को अमरुल साफीको विहानतिर हत्या गरिएको प्रहरीले अनुमान गरेको छ ।
निर्माणाधिन अवस्थामा रहेको घरको बरण्डामा सुतिरहेको वेलामा आमालाई दाउराले प्रहार गरी हत्या गरेको हो भने ७ वर्षको छोराले आमाको हत्या गरेको व्यक्तिको पहिचान गरेको कारणले घाटी थिचेर हत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । महिलाको शवको प्रकृति हेर्दा उनलाई हत्या गरेर घटनालाई मोडनका लागि जवरजस्ती करणी गरेर जस्तो देखाउनका लागि कपडाहरु फालेको हुनसक्ने प्रहरीको अनुसन्धानमा पाइएको प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले बताए ।
महिलाको शरीर निर्वस्त्र अवस्थामा देखिए पनि उनलाई जवरजस्ती करणी गरेको जस्तो कुनै चिन्ह वा संकेत फेला नपरेको प्रहरीको अनुसन्धानमा रहेछ । मृतकलाई टाउँकोमा दाउराले प्रहार गरेको कारणले घर भरि रगत खोलो बगेको जस्तो देखिएको थियो । अर्को कोठामा सुतिरहेका छोरी मकिना खातुन र छोरा मुवारक साफि बाँच्नमा सफल भएका छन् । उनीहरु विहान ८ बजे उठदा आमा र भाईको हत्या भएको देखेपछि रोई कराई गरेपछि वरपरका मान्छे आएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा अनुसंधानको लागि खातुनकै घरमा मिस्त्रीको काम गर्ने ३ जनालाई नियन्त्रणमा लिएको छ ।
हत्या गरिएकी महिलाको श्रीमान डेढ वर्ष देखि खाडी मुलुकमा वैदेशिक रोजगारीमा रहेका छन् । शुक्रवार मात्र मृतकका श्रीमान्ले विदेशबाट डेढ लाख रकम पठाएका थिए । घर निर्माणको क्रममा रहेको बेलामा श्रीमानले पठाएको रकम लुटनका लागि उक्त हत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरी नाय उपरिक्षक घिमिरेले हत्याको वास्तविकता नजिक प्रहरी पुगीसकेको र हत्यारा चाडै पक्राउ गरेर सार्वजनिक गर्ने जनाएको छ ।   

No comments:

Post a Comment