Wednesday, June 25, 2014

बजेट रोजगारीमा केन्द्रित हुनुपर्दछ ः डा भट्टराई

कैलास दास
जनकपुर, असार ११ । एकिकृत नेकपा माओवादीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले माघ ८ गते भित्र संविधान निर्माणका लागि संविधानसभा र दलहरु गम्भीर रहेका बताउँदै समयमा संविधान आउने दावी गरे ।
क्रान्तिकारी पत्रकार संघ नेपाल धनुषाद्वारा बुधवार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले संघियता सहितको गणतन्त्रात्मक संविधान निर्माण गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लान आवश्यक रहेको बताए । अगामी बजेटमा कृषि, उर्जा, पर्यटन,पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकताका साथ ल्याउनु पर्नेमा आफू विश्वस्त रहेको बताए ।
बजेट गरिबी र बेरोजगारीलाई अन्त्य गर्ने किसिमले हुनुपर्ने भन्दै मुलुकमा १० वर्ष भित्रमा ३ हजार डलर प्रतिव्यक्ति आय पु¥याउने लक्ष्यका साथ बजेट आउनुपर्ने धारणा राखे । पार्टीमा वैचारिक मतभेद रहेको छ विचारको आधारमा पार्टी चल्नुपर्ने पक्षमा आफुहरु दृढ रहेको बताए ।
डा. भट्टराईले वर्तमान अवस्थामा पार्टीको संचालन वैचारिक आधारमा नभएको कारणले आफुहरु असहमति राख्दै आएको र यसले पार्टीमा कुनै विखण्डन नल्याउने बताए । सरकारको कामकाज बारे गरिएको प्रश्नमा डा. भट्टराईले वर्तमान सरकार कुनै काम राम्रो पनि गरेको छैन, र नराम्रो पनि नगरेकाले ठिप्पणी गर्न जरुरी रहेको छैन् भने । पत्रकार सम्मेलनमा क्रान्तिकारी पत्रकार संघ नेपाल धनुषाका सचिव रामएकवाल महराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका नेता प्रभु साह, रामरिझन यादव, असर्फि भिनवार यादव, सहितका नेताहरु उपस्थित रहेका थिए ।

No comments:

Post a Comment