Saturday, June 21, 2014

आधुनिक परिकल्पनाको जनकपुरका लागि गुरुयोजना निर्माण

कैलास दास
जनकपुर, असार ७ । जनकपुरको पोखरी संरक्षण अभियान तथा बृहत्तर
उनीहरुले आठवटा पोखरीका अतिरिक्त अन्य ऐतिहासिक पोखरीहरुको पनि खोजविन एवं संरक्षण सम्बद्र्धन गर्ने तर्फ परिषद लाग्नुपर्ने धारणा राखेका छन् । मठ मन्दिर परिषरलाई पनि अतिक्रमण गरी बनाईएका घर टहराहरुलाई हटाएर स्वच्छता कायम गर्नका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिाषद अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । यसैगरी जनकपुरमा जनक दरवार, संग्राहलय, धनुषाधामको जङ्गल क्षेत्रलाई विशेष चिडियाखानाको रुपमा विकास गरिनुपर्ने जस्ता सुझाव पनि दिएका छन् ।
एकवटा मिथिला ग्रामको स्थापना, नेरोगेज रेल्वेको पर्यटकीय स्थललाई संमेटेर संचालन, जनकपुरलाई शैक्षिक कोरीडोरको रुपमा गर्नुपर्ने, पोखरीहरुको सौन्दर्यीकरणका साथै एक अर्का पोखरीहरुसंग जोडेर नौका विहारको व्यवस्था मिलाउनुपर्ने जस्ता सुझावहरु उपस्थित सहभागीहरुले दिएका थिए । १५ दिने मिथिला परिक्रमा सडकको निर्माण, परिक्रमा स्थलमा पर्ने पडाव स्थलको निर्माण जस्ता कार्यमा पनि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद अग्रसर हुनुपर्ने सुझाव सहभागीहरुबाट आएका थिए ।
सुझावहरुलाई समेटेर उक्त कार्यक्रममा विभिन्न बुदामा समेटेर रणनीति कार्ययोजना बनाउने सहमति भएको छ । यसैगरी जनकपुरबाट ७ सदस्यीय टोली आवश्यक बजेट व्यवस्थापनका लागि काठमाण्डौं जाने सहमति पनि भएको छ । अध्यक्षको आसन्नबाट बोल्दै बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माले जनकपुरमा पर्यटकलाई बस्न बाध्य गर्ने किसिमले जनकपुरको विकास तर्फ सबै पक्षको एकिकृत सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै गुठी संस्थान जनकपुरका प्रमुख राजाबाबु पाण्डेले मन्दिर परिसर पोृखरीको डिल, पाटीपौवाको जग्गा रजिष्टे«शन भए पनि रजिष्ट्रशन तोडिने बताए । उनले जनकपुरमा भएको अतिक्रमणलाई निरन्तर रुपमा हटाईने पनि स्पस्ट पारे । बरिष्ठ पत्रकार राजेश्वर नेपालीले जनकपुरमा राजा जनकको दरवारको रुपमा रहेका विवाह मण्डपलाई विकसित पार्ने तर्फ सरोकारबाला निकाय अग्रसर हुनुपर्ने सुझाव दिए ।
उक्त कार्यक्रममा सडक डिभिजन कार्यालय जनकपुरमा डिभिजन प्रमुख देवेन्द्र साहले मिथिला क्षेत्रको सडक विस्तार कार्य सप्तरी देखि पर्सा सम्म गरिने प्रस्ताव आउन लागेको बजेटमा आउने बताए । उनले ढल्केवर–जनकपुर जिरोमाईल हुदै जटही सम्म ६ लाईनको सडक विस्तारको लागि सर्वे कार्य शनिवार देखि नै प्रारम्भ भएको बताए । उक्त कार्यक्रममा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उमाशंकर अरगरिया, रामानन्द युवा क्लवका अध्यक्ष प्रकाश मिश्र, युवा नागरिक समाजका सरोज मिश्र, पत्रकार ध्रुव कुमार झा, रोशन झा, निर्माण व्यवसायी संघका अध्यक्ष विवेकानन्द मिश्र, पत्रकार आतिश मिश्र, विजय दत्त, मनिष कुमार झा श्रीओम, शेषनारायण झा होटल व्यवसायी संघका अध्यक्ष दशरथ साह, जनकपुर नगपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइराला, बृहत्तरका ई. सन्तोष कुमार ठाकुर सहितकाले आ–आफनो सुझाव दिएका थिए । कार्यक्रमको संचालन बृहत्तरका कार्यकारी निर्देशक उमेश यादवले गरेका थिए ।

जनकपुर विकास गुरु योजना एवं मोदीको नेपाल भ्रमण बारेमा शनिवार बृहत छलफल भएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको सभाकक्षमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बृहत्तरद्वारा जारी पोखरी संरक्षण अभियान सकारात्मक रहेकाले यो अभियानलाई निरन्तता दिनका लागि सहभागीहरुले जोड दिएका छन् ।

No comments:

Post a Comment