Sunday, July 7, 2019

‘दुःख र सुखको कहिलेपनि अनुभवै भएन’ साँसद यादव

जनकपुरधाम, २१ असार । बाल्यअवस्थादेखि लिएर अहिलेसम्मको अवस्थामा मलाई कहिलेपनि दुःखद र सुखको अनुभवै भएन । म एउटै स्वभाविको व्यक्ति भएकोले होला ? शिष्ट स्वभाव, अरुलाई आदर सत्यकार गर्ने र परिश्रममा सधैं विश्वास गर्ने मान्छे हु म । मलाई लाग्छ त्यसैको परिणाम हो कि शिक्षकदेखि लिएर पत्रकार र समाजसेवी पश्चात् अहिले प्रदेश साँसदसम्म बन्न पुगेको छु ।
युएनडिपीको आर्थिक सहयोगमा ‘स्पाइरिङ्ग युथ’ कार्यक्रममा प्रदेश साँसद रामअशिष यादवले यसरी अफ्नो कथा सुनाए । उनले भने ‘को नीच, को उच्च, को दलित, को गैरदलित कहिलेपनि मेरो मनमा विभेद र भिन्नता गर्ने स्वभावै आएन । म सम्पन्न परिवारमा जन्मेको छु, यसमा कुनै दुईमत छैन । तर स्वभाविले म एक्कै नासको छु ।’
युवा विद्यार्थीहरुबीच आफ्नो कथा पसार्दै साँसद यादवले भने ‘माता, पिता र गुरुलाई म सधैं सम्मान र आदर गर्दै आएको र गरिपनि रहेको छु । अहिलेको पढाई र मेरो पालाको पढाईमा धैरै अन्तर छ । पहिला ट्युशनदेखि लिएर विद्यालयसम्म शनिचरी पूजा हुन्थ्यो । प्रत्येक शनिवारको चावल र मिठा घरबाट ल्याएर सरस्वती माताको पूजा गर्दा विद्यार्थीहरुमा धेरै रमाइलो हुन्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन ।’
‘म कक्षा ३ मा पढ्दा भारतबाट आएका शिक्षक हाम्रै घरमा ट्युशन पढाउँथे । आफूले सिखेको, पढेको कुरा साथीहरुसँग पनि शेयर गर्थे ’ साँसद यादवले भने, ‘कक्षा ८ मा पढ्दा अचानक बिमार पडे र म परीक्षामा सहभागी हुन पाएन, धेरै मन दुख्यो । त्यो स्टडी पेरियडको मेरो पहिलो दुःखद क्षण रह्यो ।’
साँसद यादवले —इन्टर पास पश्चात् शिक्षकमा मेरो जाँब भयो । धेरै विकट ठाउँमा जानु पर्यो, जहाँ चावल, गहुँको अतोपतो थिएन । नेपालकै विकट ठाउँ काभ्रो जिल्लामा पढाउन गए । एक दिनको कुरा अहिलेसम्म मलाई स्मरण छ, त्यो शायद कहिले भुलन पनि सकिदैन होला ? मैले धेरै राम्रो क्लास लिएको भनेर अभिभावक र विद्यार्थीहरु उत्साहपूर्ण तरिकाले मल्लाई सम्मान गर्यो । खुशी भएर उनीहरु दुईवटा ‘प्याज’ ल्याएर दिए । मैले अझै प्याजसँग केही होला प्रतिक्षा गरिरहेका थिए । तर प्याजसँग केही पनि आएन । अभिभावकहरुले भने ‘सर खाउनुस न, तपाईकै लागि ल्याएका छौं । म पनि छक्क परे ।’ त्यतिबेला काभ्रेको यस्तो स्थिति थियो । खाजामा त्यहा दुईवटा आलु मात्र दिने गर्दथे ।
साँसद यादवले विद्यार्थीहरुलाई सम्झाउँदै अगाडि थपे, ‘सहनशीलता मेरो बाल्यकालदेखि नै छ । शिष्ट विचार र कहिलेपनि मलाई आक्रोश आएन । शायद त्यसैको परिणाम हो कि म नेपाल पत्रकार महासंघको अध्यक्ष पनि भए । त्यसपछि सामाजिक क्षेत्रमा कार्य गर्दा चौतर्फी सहयोग भयो । अहिले प्रदेश साँसद भएको छु । तर कहिलेपनि मलाई सुख र दुःखको अनुभूति भएन ।’

No comments:

Post a Comment