Thursday, July 11, 2019

जनकचौकदेखि स्टेशनसम्म सिसीटिभी क्यामेरा निगरानी


जनकपुरधाम, २५ असार । जनकपुरधाम उपमहा नगरपालिकाको आर्थिक लगानीमा जनकचौकदेखि रेल्वे स्टेशनसम्म १० वटा सिसिटीभी जडान गरिएको छ ।
जनकपुरधाम उपमाहा नगरपालिकाका मेयर लालकिशोर साहले स्टेशन प्रहरी चौकीको हाताभित्र रहेको सिसिटीभीलाई नियन्त्रण गर्ने सर्भर रुमको बुधवार उदघाटन गर्दै परिक्षण गरेएका छन । २ मेगापिक्सलको क्षमता रहेको सिसिटिभीमा हाइक्वालीटिको क्लियर जवरजस्त जुम गर्ने क्षमता समेत रहेको उनले जनाएका छन् ।
३६० डिग्री क्षमता रहेको सिसिटीभीमा चारैतिर घुमाएर हेर्न सक्ने क्षमता रहेको छ । करिव १९ लाख ८३ हजारको लगानीमा स्टेशन चौकमा ३, भानु चौकमा ३,नगरपालिका गेट अगाडी १,जनक चौकमा २ र शिवचौकमा १ गरि पहिलो चरणमा १० वटा सिसीटिभी क्यामेरा जडान गरिएको छ । अर्को चरणमा नगरको अन्य चौकहरुमा समेत सिसीटिभी क्यामेरा जडान गरिने मेयर लालकिशोर साहले वताए । सुरक्षा र सरसफाईलाई मध्यनजर गरि लगाइएको सिसिटीमीको कमाण्ड धनुषाका प्रहरी उपरिक्षक शेखर खनाल र जनकपुरधाम उपमाहानगरपालिकाका मेयर लालकिशोर साहको हातमा रहने जनाइएको छ ।

सर्भर रुमको उदघाटन कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाई,प्रहरी उपरिक्षक शेखर खनाल,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सीता परियारको समेत उपस्थिती रहेको थियो ।क्यामरालाई प्रोजेक्ट मेनेजर धिरज अरगरियाले सेट गरेको छ ।

No comments:

Post a Comment