Friday, July 19, 2019

मैथिलीको भविष्य बनाउन अझै इमान्दार प्रयासकोे खाँचो ःगीतकार अशोक दत्त

छौंड़ा तोरा बज्जर खस्तौ गीतका लेखक भन्छन – मैथिलीको भविष्य राम्रो भएपनि, अभैm इमान्दार प्रयासको खाँचो छ । मैथिली क्षेत्रमा सैकडौं गीत लेखेर मैथिली भाषा, संस्कृतिलाई उजागर गर्ने गीतकार अशोक दत्त भन्छन्, मैथिलीको भविष्य राम्रो भएपनि इमान्दारिताको खाँचो रहेको छ । दत्तको वि.सं. २०५० सालमा ‘छौंड़ा तोरा बज्जर खस्तौ’ मैथिली एल्बम निक्कै चर्चामा रह्यो । हुनत उहाँ योभन्दा पहिला उहाँकोे संकल्नमा मैथिली लोकगीत ‘गीत घरकरके, समाचकेवा, परीक्षण समधाउन, जस्ता एलबमहरु पहिला नै सर्वजनिक भई सकेका थिए ।
तर ‘छौंड़ा तोरा बज्जर खस्तौ’ गीतले नेपाल—भारतको मैथिलीभाषी क्षेत्रमा प्रायः सबैजसो घरमा आप्mनो स्थान बनाउन सफल रह्यो । गीतकार दत्तले ०४५ सालमा भएको ८ औं राष्ट्रिय क्रिकेट टुर्नामेन्ट, २०४८ सालमा विजेताको रुपमा र १० औं राष्ट्रिय क्रिकेट टुर्नामेन्टमा उपविजेताको रुपमा ट्रफी र मेडल हासिल गर्न सफल भएका थिए । त्यस्तै कैयांै पटक नेपाल भारतमा भएको क्रिकेट टुर्नामेन्टमा उनी बेस्ट बेलर, मैन अफ द म्याच, म्यान अफ दी सिरिज लगायत दर्जनौं पुरस्कार पाएका हु्न । शुरुदेखि नै मैथिली गीत संगीतमा रुचि राख्ने दत्त भन्छन् ‘अहिले सम्म झण्डै दुईसय जति गीत रिकोर्डिङ्ग भई सकेको छ । ती मध्ये धेरैले मैथिली क्षेत्रको राम्रो स्थान ओगट्न सफल पनि भयो । यसको कतिपय कारण मध्ये गीत बालबालिका, युवायुवती तथा प्रौढलाई मध्यनजर गरी लेखिएको छ भने समसामयिक विषमा थुप्रै गीतहरु छन् जसमध्ये बालगीत, दाइजोको बिरुद्धमा, महिला हिंसाको बिरुद्धमा, बालबिवाहको बिरुद्धमा, नारी संरक्षणका लागि, हिंसामुक्त समाज निर्माणका लागि र हक–अधिकारका निम्ति लेखिएका गीतहरुले छुटै पहिचान बनाउन सफल भयो ।’ मैथिली क्षेत्रमा सबभन्दा बढी हिन्दी र भोजपुरी गीतको बिगबिगी थियो । तर सभ्य र सन्देश मुलुक गीत मैथिलीमै आउन थालेपछि अहिले मैथिली गीत संगीतले राम्रो स्थान ओगट्न सफल भएको छ । 
गीतकार दत्तको जुन बेला जनकपुरधाममै हिन्दी र नेपाली भाषाको गीतसंगीतको वर्चस्व थियो त्यतिबेला ‘‘छौंड़ा तोरा बज्जर खस्तौ’ एल्बम बजारमा आयो । शुरुमा त आडियो मात्र थियो, पछि भिडियो पनि निर्माण भयो । यसले मैथिली भाषाको प्रचार–प्रसारमा निकै बल पुर्याएको हो । सञ्चारको विस्तारले गर्दा पनि मैथिली भाषाको विकासमा तीव्रता नआएको होइन । एफएम, टेलिभिजन तथा एल्बमले मैथिली भाषालाई धेरै अगाडी ल्याउन सफल भएको छ । अहिले तीन तहको सरकार भएको छ । प्रदेश नं. २ मा सरकारी कामकाजको भाषा समेत मैथिली हुन्छ यसमा कुनै दुईमत छैन । तर स्थानीय सरकार र प्रदेश सरकारले भाषा जगतमा जुन प्रकारको लगानी गर्नुपर्ने हो त्यसको अभाव महसुस भई रहेको छ । गीतकार अशोक दत्तले मैथिली भाषामा शर्ट फिल्म ‘संकल्प’ र ‘इजोत’–को स्क्रीप्ट मात्र लेखेका होइन, मैथिली सिरियल ‘घोघ’, ‘कनियाँ, मरखाह’, ‘साक्षी’, ‘भट्ठीबाली’ का स्क्रीप्ट लेखेका हुन् भने ‘सामा–चकेवा’ फिचर फिल्मका स्क्रिप्ट पनि लेखेका हुन । नेपाली भाषामा दुई दर्जन गीत रिलिज भई सकेको छ । मैथिली, नेपाली, हिन्दी, भोजपुरीका राम्रो जानकार भएपनि सबभन्दा बढी उनी मैथिली भाषामा आफ्नो समय खर्चेका छन् । उनीभन्छन्, ‘मैथिली हाम्रो पहिचान हो । त्यसैले मैथिलीमै बढी काम गर्न रुचाउँछु । स्थानीय सरकारले पनि बढी ध्यान मैथिली भाषा, संस्कृति, भेषभूषामा दिनु पर्दछ ।’ गीतकार दत्तले जबसम्म यहाँको भाषा, साहित्य, कला–संस्कृतिको विकास हुँदैन, तबसम्म यो प्रदेश समृद्ध हुँदैन । भाषा, संस्कृतिको पहिचानले समृद्ध समाज, समृद्ध प्रदेशको निर्माण गर्छ । गीत–संगीत, पत्रकारिता, खेलकूद तथा साहित्यको क्षेत्रमा समेत दत्तले राम्रो स्थान ओगटेका हुन ।
उनलाई अहिलेपनि मैथिली भाषा, सांस्कृतिलाई उजगार गर्ने चिन्ता रहिरहन्छ । मैथिलीको भविष्य निक्कै राम्रो छ, तर स्थानीयस्तरबाट हुनु पर्ने प्रयासको अभाव देखिएको उनी बताउँछन् । मधेश आन्दोलनमा आफ्नो गीतको माध्यमले आन्दोलनलाई अगाडी बढाउन बल पु¥याएका दत्त भन्छन् ‘मैथिली भाषाको गीत, संगीत, सिनेमा र कलाक्षेत्रलाई जबसम्म राजकीय संरक्षण र प्रतिस्पर्धात्मक व्यवसायसंग जोड्दैन तबसम्म जुन प्रकारले विकास हुनुपर्नेहो त्यो सम्भव छैन ।’

No comments:

Post a Comment