Sunday, July 14, 2019

काठमाडौंपछि जनकपुरधाममै ब्रुमर मेशिन


जनकपुरधाम, २९ असार । जनकपुरधाम उपमहा नगरपालिकाले फोहरमैला सफा गर्ने रोड स्वीपर मेशिन ल्याइएको छ । यो मेशिन नेपालमै पहिलो रहेको दावी पनि गरेका छन् ।
प्रतिघण्टा १० किलोमिटरको गतिले यो मेशिन सफा गर्ने प्राविधिकले बताएका छन् । पंजाबको लुधियानाबाट यहि असार २३ गते चलेको सो मेशिनले २९ गते जनकपुरधाम आई पुगेको छ । सिसिटीभी कैमरा, सिंगल इन्जिन र १३० हर्ष पावरको डिजलमा चल्ने यो मेशिन हो । ‘वेट एण्ड डूाइ’ रहेको यो मेशिन ३÷४ किलोग्रामको फोहरमैला समेत तान्ने सक्नेछ । पानीपरेपछि जम्मेको माटो, फुटपाथ एक्कै साथ सफा गर्ने छ ।
बैशाखको पहिलो सातामा निकालिएको टेण्डर सयपत्री नेपाल इन्टरनेशनले भरेका थिए । इन्टरनेशनलका सरोज पौडेलले भने, ‘ यो मेशिनलाई ट्रक माउन्टेर (भ्रुमर) पनि भनिन्छ । टूक आकारको देखिने यो मेशिनले ६ मेटिूक टन फोहर स्टोर गर्ने क्षमता राख्ने छ ।’

यसमा ३ वटा कुचो रहेको छ । साइडमा दुईवटा र एउटा पछाडिमा रहेको छ । सडक सफा गर्नुका साथै फुटपाथका लागि भैपर समेत रहेको पौडेलले बताए । उनले मेशिनको विशेषता बारे भने, ‘नेपालमा अहिलेसम्म फोहरसम्म गर्ने पाँचवटा आएपनि यो पहिलो मेशिन हो जुन कम लागतमा बढी काम गर्नेछ ।’
जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लालकिशोर साहले काठमाडौंपछि जनकपुरधामै फोहरमैला सफा गर्ने मेशिन आएको छ । तर जुन मेशिन उपमहानगरपालिकाले ल्याएको छ, त्यो नेपालमै पहिलो हो । काठमाडौंमा पाँचवटा फोहरमैला सफा गर्ने मेशिन छ, ती मध्ये २ वटा ललितपुरमा रहेको छ । ती मेशिनहरुको खरीद मूल्य दुई करोड बढी, काम पनि यो धेरै कम गर्छन । काठमाडौंमा रहेको मेशिन इटेलियन रहेको र त्यसको पार्टपूर्जा पनि उपलब्ध हुनुमा असहज रहेको दावी गर्दै, जनकपुरधाम उपमहानगरपालिकामा आएको मेशिन हुनत ः बिग्रिने सम्भावना थोरैछ, बिग्रिए भने २४ घण्टा भित्रमा इन्जिनियर र पार्ट समेत उपलब्ध हुने दावी गरेका छन् ।
मेयर साहले भने, ‘जनकपुरवासीको लागि यो ठूलै उपलब्धी हो । सफाई कर्मीहरुको यहाँ धेरै अभाव रहेको छ । नगरभित्र मेशिनले सफा गर्ने र नगरबाहिरका वाडाहरुमा सफाईकर्मीहरुद्वारा सफाई गर्ने लक्ष्य रहेको छ ।’
धनुषा क्षेत्र नं. ३ का साँसद राजेन्द्र महतोको संसदीय कोष र जनकपुरधाम उपमहा नगरपालिकाको संयुक्त लगानीमा रोड स्वीपर मेशिन ल्याइएको छ । १ करोड ३५ लाख यो मेशिनको खरीद रहेको बताएका छन् ।

No comments:

Post a Comment