Monday, July 8, 2019

‘बिना भिजनकै महिला राजनीतिमा’


जनकपुरधाम, २३ असार । वर्तमान अवस्थामा सक्षम र परिपक्क महिलाहरु राजनीतिबाट विस्थापित भई रहेको छ । हुनतः पहिला महिला राजनीतिमा आउन चाहिरहेको थिएन । तर मधेश आन्दोलन पश्चात् जुन गतिमा महिलाहरु राजनीतिमा आउन थालिन अहिलेको अवस्थामा सोही गतिमा विस्थापित पनि हुन थालेकी छन ।
यसको धेरै कारण छन् । तर मुख्यकारण सक्षम महिलालाई अवसर नदिनु, पुरुषवादी सोच हावी हुनु र बढीभन्दाबढी आफ्नै नातागोता र समुदायका महिलालाई प्राथमिकता दिनु मैले अनुभव रहेका छु ।
राजनीतिमा महिलाहरुको प्रवेश नभएको पनि होइन, तर जुन महिला अपरिपक्क छिन, सक्षम छैन, जसमा चापलुसी गर्ने वानी छ, पैसा पनि छ र राजनीति दलकै बहुबलि नेताको अगाडि पछाडि गर्ने गर्छन त्यसलाई प्राथमिकता र अवसर पनि मिलेको छ, केही दिन यस्तै रहिरहने मेरो बुझाई पनि हो ।
म कसरी आए राजनीतिमा त ? भन्नुपर्दा–म एक पटक रुकुम जिल्लाको चौरजाहारी गएकी थिइन । बाटोमा हिड्दा एक ठाउँमा धैरै भीडभाड देखे । मेरो पनि जिज्ञासा भयो के कारणले यस्तो भीडभाड रहेको छ । त्यहाँ गएपछि पहाडी समुदायका दुईचारजनाले एउटा मधेशी महिलालाई ठग्ने जुन तरिका देखे आफै छक्क परे । मुन्ना चियाको एउटा कुपन मधेशी महिलाको हाथबाट लिएर पहाडी समुदायका केही व्यक्तिले तिमीलाई मुन्ना चियाको कुपनमा ‘टिभी’ परेको छ, भोज खुवाउनु पर्छ भनेर जिकिर गरिरहेका थिए । जबकि ती कुपनमा ‘ट्राई अगेन’ लेखेका थिए । त्यो अवस्था हेरेर आपूm छक्क परे । मैले सोही दिनदेखि महिलाहरुमा शिक्षा–जनचेतना र राजनीतिबाट अधिकार दिलाउने उद्देश्यले राजनीतिमा आउन प्रेरित गरे ।
हुनतः विद्यार्थी जीवनदेखि नै मलाई सामाजिक कार्य गर्नेमा धेरै रुची थियो । तर मधेशीप्रति पहाडी समुदायको सोच र मधेशमा पनि महिलाप्रति पुरुषहरुको सोचले मलाई राजनीतिमा आउन विवश बनाए । अहिलेसम्म मलाई लाग्छ सफल भएको छैन । मधेशको वकालत गर्ने त्यो बेलामा मधेशवादी पार्टीका नेता ‘गजेन्द्र बाबु’ नै थिए । म उहाँसँग मिले र उहाँकै प्रेरणाले मधेशवादी दलसँग मिलेर राजनीति शुरुवात गरेको छ्ु । राजनीति ज्ञानपछि मैले जनसंख्याको आधारमा प्रतिनिधित्व र महिलालाई आरक्षण हुनुपर्ने मेरो धारणा थियो । उद्देश्य अनुरुप मधेश आन्दोलन भयो र त्यसमा मैले अहम भूमिका निर्वाह पनि गरे ।
सामाजिक कार्यबाट मलाई लाग्दैन कसैको मैले मन दुखाएको होला । तर राजनीतिमा  आफ्नै पार्टीले मूल्यांकन गर्न सकेन । मुलुकमा तीन तहको सरकार भएछ, तीनै तहमा जुन महिला राजनीतिबाट आफ्नो पहिचान बनाउन सफल भएकी छन, त्यसमध्ये थोरैले प्रतिनिधित्व गर्न पाएको देखिन्छ । यसले के स्पष्ट हुन्छ भने ‘बिना भिजनको महिलाहरु राजनीतिमा’ छिन् ।
स्थानीय तहमा अधिकांश अध्यक्ष र उपाध्यक्ष बीचको विवाद भई रहेको कसैसँग लुकेको छैन, कारण राजनीति भिजनको अभाव, आर्थिक लोभलाचनप्रति समर्पित हुनु । राजनीतिमा अर्थ महत्वपूर्ण हुँदैन, जनताको भावना र विकासलाई प्राथमिकता राख्नुपर्छ । यस्ता धेरै कुराहरु छन, जुन लेखेपनि कमै होला । मेरो दुईवटा इच्छा छ, जुन अहिलेसम्म पुरा हुन सकेन । जनताको भावनालाई सधैं कदर गर्ने र उहाँको भावना अनुसार कार्य गरेर देखाउने । अर्को इच्छा मधेश आन्दोलन पश्चात् मधेशवादी दलको सरकार भएपछि मधेशी जनताको भावना अनुसार कार्य हुन्छ सोच बनाएका थिए । तर अहिलेसम्म ती सपना पनि अधुरै रह्यो ।
विभा ठाकुर
केन्द्रिय सदस्य
राष्ट्रिय जनता पार्टी नेपाल


No comments:

Post a Comment