Sunday, July 7, 2019

पत्रकारितादेखि राजनीतिसम्म, इमान्दारलाई अवसरको अभाव

जनकपुरधाम, २२ असार ।  पत्रकारिताको प्रारम्भबाट मेरो कैरियर सुरु भएको हो। पत्रकारिताले थोर बहुत सम्मान पनि दिएको छ। उमेश साह नेपाल टेलीभीजनको पत्रकार हो, भनेर अझै मानिसहरूले सम्झी रहेको छ। जबकि टेलिभीजन छोडेको करिब डेढ दशक भयो । तत्कालीन राजा वीरेन्द्रदेखि नेपाली राजनीतिका शिर्ष नेता एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई,मनमोहन अधिकारी र शेरबहादुर देउवा र माधवकुमार नेपाल लगायत चर्चित राजनेताहरुको रिपोर्टिङ गर्ने अवसर पाए । उहाँहरूलाई नजिकसंग चिन्ने र चिनजानको मौका पनि पाए । जीवनको अधिकांश समय मैले पत्रकारिता र सामाजिक संघ संस्थामा नै विताएका हौं ।
सायद उहाँहरूको सामिप्य र प्रभावले होला, राजनीति यात्रा सुरु गर्ने विचार मेरो मनमा पलायो। पत्रकारिता र राजनीति समाज र जनताको लागि गर्ने हो, दुवैमा समर्पण आवश्यक हुन्छ। तर दुवैलाई एक अर्कामा मिसाउनु हुँदैन। आफ्नो जीवनको अधिकांश समय पत्रकारिता र सामाजिक संघ संस्थामा बितेको छ, नेतृत्व गर्ने अवसर पनि प्राप्त भएको छ। विभिन्न आरोह र अवरोह तथा चुनौतीपूर्ण अवस्थामा पनि साथीहरूले नेतृत्व कौशलता प्रदर्शन गर्ने अवसर दिएका हुन् । त्यसले पहिचान सहित स्थापित गराएका छन।शाही शासन लागू भएपछि नेपाल टेलिभीजन छोडेर जनताको अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि सकृय भुमिका खेले। आफ्नै सम्पादन र प्रकाशनमा “मिथिला ऋतु“ साप्ताहिकको प्रकाशन आरम्भ गरे। थोरै समयमा पत्रिकाले पाठक समक्ष चर्चित भयो। प्रकाशनको पहिलो वर्ष मै प्रेस काउन्सिलले “ख“ वर्गमा वर्गीकरण र्गयो, जो प्रकाशनको अन्त्यसम्म कायम रह्यो।
अन्ततः मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो।डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आफ्नो पत्रिकामा एउटा “व्यंग्य श्रृंखला“ प्रकाशन गरे, जो उहाँको कार्यकाल अवधि सम्म चलेको थियोे। पछि पाठकको रुचि साथीहरूको सल्लाहमा त्यो श्रृंखलालाई नियति नामक पुस्तकको रुपमा प्रकाशन गरे। नियति हेर्नुस् त्यो पुस्तकको विमोचन पुर्व प्रधानमन्त्री डा.भट्टराई कै हात बाट जनकपुरधाममा भयो।
अर्को ठुलो चुनौतीपूर्ण घटना भनेको के हो भने, देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासंगै लामो समयसम्म संक्रमणकालीन अवस्था कायम रहेकै बेला नेपाल पत्रकार महासंघ धनुषाको नेतृत्व मैले वहन गर्नुपरेको थियो।
आफू अध्यक्ष हुँदा नै महिला पत्रकार उमा सिंहको हत्या भयो । पत्रकारहरुलाई  निक्कै चुनौती थियो । तर आफू इमान्दारिता पूर्वक दृढ विश्वासका साथ अगाडि बढ्दै गए । त्यति बेला आर्थिक रुपमा नेपाल पत्रकार महासंघ सशक्त पनि थिएन । आज  इमान्दारिताकै कारण अहिलेसम्म समाजमा एकरुपताले सम्मान पाई रहेका छौं ।
मेरो जीवनमा राजनीतिक उथलपुथल पनि भई नै रह्यो । तर पत्रकारिता र राजनीतिलाई मैले एउटा सेवाको रुपमा लिएर र सोही अनुसार कार्य पनि गर्दै आएका छौं । अहिले समाजवादी नेपालका केन्द्र्रिय सदस्य भएपनि समाजले पहिला जस्तै मसँग व्यवहार गर्ने गरेको छ । जीवनमा इमान्दारलाई अवसरको अभाव भई रह्ने बुझेको छु ।
उमेश साह
नेपाल पत्रकार संघका पूर्व अध्यक्ष
समाजवादी पार्टीका केन्द्रिय सदस्य
कुराकानीको आधारमा

No comments:

Post a Comment