Tuesday, July 9, 2019

मेयर साह युवाहरुको संसदीय अभ्यासमा ‘सम्मानीय सभामुख ज्यू, जनकपुरधामको शिक्षा किन खस्कियो’


जनकपुरधाम, २४ असार । जनकपुरधाम उपमहा नगरपालिकका मेयर लालकिशोर साह युवाहरुको संसदीय अभ्यास कार्यक्रममा सहभागी भएका छन् ।
जनकपुरधाम उपमहा नगरपालिकाकै आयोजनामा भएको नाट्यशैलीमा प्रस्तुत ‘युवा संसदीय अभ्यास’ कार्यक्रममा साँसदहरुले भने, ‘सम्मानीय सभामुख ज्यूहरु जनकपुरधामको शिक्षा किन खस्कियो छ । सरकार गठन भएको दुई वर्ष हुन लाग्दा पनि शिक्षा, स्वास्थ्य तथा फोहरमैला जुन प्रकारले व्यवस्थित गर्ने भनिएको थियो त्यो किन हुन सकेन ।’

जनकपुरधामलाई प्रदेशको परिकल्पना गरेर उपसभामुखको भूमिकामा सुस्मिता मिश्र र सभामुखको भूमिका कृष्णा राउत रहेका थिए । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री किसान साह, समाजिक विकास मन्त्री भरत साहले नाट्य अभिनय गरेका थिए । उनीहरुसित साँसदहरुले सभामुख ज्यू सरकार गठन भएकै दिन सरकारले नगरभित्र मांस मदिरा बन्द गर्ने, नगरलाई सफासुघर राख्ने, रेल सञ्चालनमा ल्याउने, ठाउँ ठाउँमा वोट विरुवा लगाउने गरेको प्रतिबद्धता गरेका थिए । तर अहिलेसम्म सो कार्यान्वयन के कारणले नआएको सभामुख मार्फत सरकारसँग जवाफ मागेका थिए ।
युवा साँसदहरुले प्रश्न गरे ‘वैदेशिक रोजगारमा जानेको संख्या घटेन, युवाहरु दिनप्रतिदिन बेरोजगार भई रहेकोछ, राज्यले किन गम्भीरता देखाएन । बेरोजगारी घटाउनका लागि शीप मूलक तालिमको व्यवस्था गर्ने भनेका थिए । बालश्रम घटाउने प्रतिबद्धता जनाएका थिए । किन पुरा भएन ?’
उनीहरुले प्रदेशमा खेलमैदानको अभाव छ, खेल मैदानको बजेट कहाँ खर्चिनु भयो लगायतका प्रश्नहरु गरेका थिए । साँसदको भूमिका दिनेश साह, बिभा कुमारी सहितका व्यक्तिहरु सभामुख अगाडि आफ्ना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आजका युवा साचिक्कै भोलीको साँसद ह्ुन । उनीहरुले देखाएको युवा संसदीय अभ्यास निक्कै सकारात्मक रहेको बताएका छन् । मेयर साहले भने, ‘युवाहरु यसरी अगाडि बढेमा आर्थिक रुपमा समाज, प्रदेश र देश सम्पन्न हुने दावीगरेका छन् ।

No comments:

Post a Comment