Tuesday, June 25, 2019

जब धनुषाका सिडियो कणेलले साँसद चमेलीलाई भने महिला प्रहरी लगाएर थुन्छौं...


जनकपुरधाम, १० असार । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले प्रदेशसभा सदस्य चमेली देवी दाससँग अभद्र व्यवहार गरेका छन् ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर(६ बस्ने ६५ वर्षीय बृद्ध किशोरी यादव नागरिकताको प्रतिलिपि लिनका लागि करिव एक हप्तादेखि जिल्ला प्रशासन कार्यालयमा धाउँदापनि प्रतिलिपि नपाएपछि उनको सहयोगका लागि साँसद दास जिल्ला प्रशासन कार्यालय पुगेकी थिईन ।
साँसद दासले नागरिकता फाँटमा कुन कारणले प्रतिलिपि दिन ढिलाई भईरहेको कुरा कर्मचारीसँग सोध्दा उनीहरुले नटेरेपछि प्रमुख जिल्ला अधिकारी कणेलको कार्यकक्षमा पुगेकी थिईन । त्यहाँ साँसद दासले कर्मचारीको गुनासो पोख्न लाग्दा उनीसँग उल्टै अभद्र व्यवहार गरिएको उनको आरोप रहेको छ ।
प्रदेश साँसद दासले भनिन, ‘तलबाला फाँटका कर्मचारीले मलाई टेरेनन्, बाध्य भएर सिडियोको कार्यकक्षमा पुगें । त्यहाँ मैले सिडियो साहेबलाई कुन कारणले ६५ वर्षीय वृद्धको नागरिकता दिनमा आलटाल भईरहेको छ भनेर प्रश्न गरें । सिडियो पहिलादेखि नै आक्रोशित देखिएका थिए । मेरो प्रश्नको जवाफमा सिडियोले बाहिर जानुस बोलाएपछि आउनु होला भनेर आक्रोशित मुद्रामा जवाफ फर्काए ।’
‘मैले भने, कर्मचारीले नटेरेपछि तपाई कहाँ आएको हुँ । तपाई पनि त्यस्तो कुरा गर्नुहुन्छ, त्यसपछि सिडियोले महिला प्रहरी लगाएर बाहिर निकाल्न धम्की दिएको र अपशब्द समेत प्रयोग गरेको, साँसद दासले भनिन, ‘जानकी मन्दिर हेर्न आएका व्यक्तिलाई पनि नागरिकता दिईन्छ त भनेर सिडियोले जवाफ फर्काएको उनले सुनाईन ।’
उनले यहाँबाट नगए महिला प्रहरी लगाएर यस्ता अपशब्द प्रयोग गर्ने  महिलालाई बाहिर निकाल्न कर्मचारीलाई आदेश दिएपछि आफू आक्रोशित भएर बाहिर निश्केको साँसद दासले पत्रकार समक्ष गुनासो पोखिन ।
यता प्रमुख जिल्ला अधिकारी कणेलसँग यस सम्बन्धमा बुझ्न खोज्दा साँसद दासले गाँउघरको अनपढ महिला जस्तै व्यवहार प्रदर्शन गरेको जिकिर गरे । उनले यस्ता समाचारहरुले सामाजिक सदभाव बिगार्ने भनेर सञ्चारकर्मीलाई नै उल्टै हप्की दप्की दिएका थिए । यस्ता समाचारहरु झुठफु्सको समाचार रहेको भन्दै प्रजिअ कणेलले आफ्नो प्रतिक्रिया दिन मानेनन् ।


2 comments:

  1. सिडियो साहबलाई आफ्नो कर्तब्य थाहा छैन कि प्रोटोकलको बारेमा थाहा छैन।

    ReplyDelete