Monday, January 13, 2020

भिजीट मधेश २०२० को उदघोष,‘कृषि’ पर्यटनको मुख्य आधार ः मन्त्री सोनल

जनकपुरधाम, २७ पुस । भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले कृषि पर्यटन यस प्रदेशको मुख्य आर्थिक आधार रहेको दावी गरेका छन ।
भिजिट मधेशले आइतवार जनकपुरधाममा आयोजना गरेको तराई मधेशमा पर्यटन सम्वन्धी अन्तरक्रिया एवं वियोण्ड उदघोष कार्यक्रममा मन्त्री सोनलले प्रदेश नं. २ कृषि प्रदानको रुपमा चिन्हाउने गरेकोले यस प्रदेशलाई कृषि पर्यटन क्षेत्रको रुपमा प्रदेश सरकारले विकास गर्ने लक्ष्य लिएको बताएका छन् । उनले भने, ‘पर्यटनको यहाँ दूवटा आधार रहेको छ (धार्मिक पर्यटन र कृषि पर्यटन । दुबैलाई संघीय, प्रादेशिक र स्थानीय सरकारले जोड दिएमा आर्थिक रुपमा सम्पन्न हुनेछ ।’
मधेशको पहिचानलाई चिनाउने उदेश्यले सुरु गरिएको भिजीट मधेश कार्यक्रमको प्रसंसा गर्दै उनले भने ‘भिजिट मधेशको प्रयासले पहिचान, मान्यता र अर्थ व्यवस्थामा ठुलो असर पुग्ने भएकोले भिजीट मधेश कार्यक्रमलाई हरेक तवरबाट प्रदेश सरकारले सहयोग गर्नेछ ।’
उनले रामायणदेखि महाभारत र बुद्धसम्मका पौराणीक इतिहास बोकेका मधेशका धरोहरहरुलाई अन्तराष्टियस्तरसम्म लगेर मधेशलाई विश्वस्तरमा चिनाउन भिजीट मधेश कार्यक्रमबाट अगाडी बढाउन उनले आग्रह गरे ।
भिजिट मधेशका संयोजक प्रकाश साहको अध्यक्षतामा भएको सो कार्यक्रमका विशिष्ट अतिथि जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लालकिशोर साहले राज्यको कुदृष्टिकै कारण मधेशमा रहेको एतिहासीक धरोहरको पहिचान हुन नसकेको बताएका छन् । उनले भने ‘ मधेशमा पर्यटनलाई अगाडी बढाउनका लागि भिजीट मधेशको प्रयास सराहनीय छ ।’ उलने अर्को प्रसंगमा भने विगत पाच दिनदेखि केहि पत्रकारहरुले प्रहार गरेको मुक्का कारण अस्पतालमा भर्नारत रहेकि दलित महिलामाथि कसैको चासो नजानु दुखद रहेको वताएका छन । मानवअधिकार आयोगले पनि उक्त घटनामा महिलाहरु साच्चीकै घाइते भएको या नाटक गरेको हो भनेर बुझनका लागि अस्पतालसम्म पुग्न नसकेको प्रति दुख व्यक्त गरेका थिए ।
उनले सोही कार्यक्रम मार्फर्त कर्मवीर शहिद पत्रकार उमासिंहको नाउमा अक्षयकोषको स्थापनको घोषणा समेत गरेका छन । कार्यक्रममा उद्योग राज्यमन्त्री सुरेश मण्डल,प्रदेशसभा सदस्य परमेश्वर साह लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा मधेशका पर्यटक क्षेत्रहरुको बारेमा ग्लोबल कोडिनेटर राज सरार्फ र नेशनल कोडिनेटर ओम प्रकाश सर्राफले प्रकाश पारेका थिए । त्यस्तै सरसफाई अभियानी वैधनाथ साह र संस्कृतिक राजदूतको नाममा प्रसिद्ध रहेका रविराज साहलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

No comments:

Post a Comment