Saturday, January 4, 2020

सहकारी मार्फत मात्र सामाजिक क्रान्ति ः संयोजक साह

जनकपुरधाम, १९ पुस । जनकपुरधाम उपमहानगरपालिका र विदेह नगरपालिकामा सञ्चालित वैष्णवी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ९ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष महेन्द्र मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका संयोजक संजय कुमार साहले सहकारी मार्फत मात्र सामाजिक र आर्थिक क्रान्ति आउन सक्ने दावी गरेका छन् ।
संयोजक साहले भने, ‘वर्तमान अवस्थामा सामाजिक परिवर्तनको परिणाम सहकारीले देखाई रहेको छ । आज गाउँ गाउँमा सहकारी संस्थाको विकासले भएकोले बेरोजगारी घटनुका साथै वैदेशिक रोजगरीमा जाने युवाको संख्यामा कमी आएको छ ।’
‘सहकारी मार्फत नै महिलामा बचत गर्ने क्षमताको विकास भएको हो’ उनले भने ‘महिलामा जनचतेनाले नै सामाज शिक्षित हुने सम्भावना छ । समाज शिक्षित भएमा आर्थिक समृद्धि हुनेछ ।’
कृषि उत्पादनको क्षेत्रमा सहकारीलाई विशेष ध्यान दिनका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत ओमनारायण झाले बताएका छन् । उनले भने, ‘प्रदेश सरकारले सहकारीमार्फत नै कृषिमा लगानी गर्ने योजनामा छ । सहकारीबाट नै कृषि प्रदान प्रदेशको रुपमा यो प्रदेश स्थापित हुनेछ ।’
संघका अध्यक्ष महेन्द्र मण्डलले संस्थाका प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा संस्थामा दुई हजार दसई ७२ सदस्य छन् भन्ने शेयरपूँजी ६८ लाख १८ हजार ८ सय रहेको उल्लेख छ । त्यस्तै कुल बजे ११ करोड र ऋण लगानी ९ करोड ६५ लाख रहेको र यस आर्थिक वर्षमा ८ लाख ५६ हजार मुनाफ भएको जनाइएको छ ।
कार्यक्रममा परिवार नियोजन संघका पूर्व अध्यक्ष दिनेश शर्मा, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयहरुले आफ्नो विचार राखेका थिए ।

No comments:

Post a Comment