Thursday, January 16, 2020

दलित पत्रकार संघ धनुषा गठन,‘संस्कृति र उत्थानको आश जागयो’


जनकपुरधाम, २ माघ । धनुषामा एक समारोहबीच विहिवार राष्ट्रिय दलित पत्रकार संघ, नेपाल धनुषा शाखा गठन भएको छ ।
‘लोकतन्त्रको मूल आधार, सामान सहभागिता र विभेदमुक्त समाज अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रा आवाज! नाराका साथ सात सदस्यीय सो समिति गठन गरिएको हो ।
संघ धनुषाको अध्यक्षमा कुलदीप दास प्रेम, उपाध्यक्षमा अनामिका मण्डल, सचिवमा राजेश पासमान, कोषाध्यक्षमा दिलिप दास रहेका छन् । त्यस्तै सदस्यमा रामएकवाल महरा र शंकर पासमानलाई सर्वसम्मतिबाट चयन गरिएको छ ।


त्यस्तै सल्लाहकारमा कैलास दास, राजु पासमान र विनोद महरा रहेका छन् ।
समाचार दैनिकका सम्पादक कैलास दासको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद चमेली देवी दासले दलितको संस्कृति संरक्षण र अधिकार सुनिश्चित हुने आश जागेको बताएका छन् ।
साँसद दासले भनिन, ‘पत्रकार कुनै जात र समुदायको हुँदैन । तर दलित पत्रकार संघ गठन पश्चात् दलितको अवस्थाबारेमा बढि लेख्ने र समस्या उजागर गर्ने विश्वास छ ।’ दलित पत्रकार नभएकै कारण अहिलेसम्म दलितको कुरा जुनरुपमा उठ्नुपर्ने थियो उठ्न नसकेको उनले जिकिर गरेकी छन् ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि विदेह नगरपालिकाका मेयर बेचन दासले पत्रकारका लागि छुट्याइएको बजेट मध्ये ४० प्रतिशत बजेट दलित पत्रकारहरुकै कार्यक्रम मार्फत खर्चिने उदघोष गरेका छन् ।
उनले अब गाउँ गाउँमा दलितहरुको समस्या बुझेर सम्बन्धित निकायसम्म जाने छ विश्वास रहेको बताएका छन् ।
कार्यक्रममा दलित अभियानी चन्देश्वर सादा, मुन्नी दास, रामअशिष दास, रामशंकर पासमान सहितको उपस्थिति रहेको थियो ।




No comments:

Post a Comment