Saturday, January 4, 2020

सफाई शरीरका प्रमुख अंग हो ः प्रदेश प्रमुख परियार


जनकपुरधामस् १९ पुस ।  प्रदेश प्रमुख तिलक परियारले सफाई शरीरको प्रमुख अंग रहेको दावी गरेका छन् । जनकपुर रेल्वे ट्रैक साप्ताहिक सरसफाइको प्रथम वार्षिकोत्सब कार्यक्रम प्रदेश प्रमुख परियारले सामाजिक परिवर्तन शिक्षाले मात्र होइन, जनचेता पनि आवश्यक रहेको दावी गरेका छन् ।
‘जनकपुरधाम धार्मिक ऐतिहासिक धरोहार हो । जनकपुरधामलाई सफा सुन्दर र स्वच्छ कसरी बनाउने हामी सबैको दायित्व छ’ प्रदेश प्रमुख परियारले भने, ‘फोहरबाट रोग कुनै एक व्यक्तिलाई लाग्दैन, फोहरबाट धेरै किसिमको रोग फैलिन सक्छ । त्यसैले स्वस्थ समाज निर्माणका लागि सफाई आवश्यक छ ।’
त्यस्तै प्रदेश सभा सदस्य रामअशिष यादवले मानव सभ्यताको विकासको लागि र स्वस्थ्य रहनका लागि सफाई आवश्यक रहेको बताएका छन् । उनले सामाजलाई समृद्ध र स्वस्थ्य बनाउनका लागि तीन सूत्र सामाजिक, आर्थिक र वातावरण आवश्यक रहेको जिकिर गरेका छन् ।
सफाई अभियानी रुवि झाको अध्यक्षता भएको वार्षिकोत्सव कार्यक्रममा मधेसी आयोगका अध्यक्ष बिजय दत्त, शहीदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, समाजसेवी अमरचन्द्र अनिल, कामाख्या परिवारका अध्यक्ष विभास लाभ, प्रदेश सरकारका समाजसेवी कर्मचारी सुरेश शर्मा, महिला अधिकारकर्मी सुभद्रा आले, दुधमती गरिमा संरक्षण समितिका संस्थापक जैसिलाल मण्डल, स्वच्छता अभियन्ता कृष्णचन्द्र यादब, बजरंग यादव , समाजसेवी प्रभु दयाल जलान, सशस्त्र प्रहरीका एसपी राजेश उप्रेती, नेपााल प्रहरीका एसपी रमेशकुमार बस्नेत, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सरसफाई क्षेत्रमा सहयोग गर्नुको साथै सामाजिक सेवामा सक्रिय रहनु हुने कामाख्या परिवारका सदस्य समाजसेवी ललिता लाभ, बाल क्लव अभियानी रककी साह, महिला अधिकारकर्मी सुभद्रा आले, समाजसेवी संजु यादवलगायतलाई प्रदेश प्रमुख तिलक परियार र कार्यक्रम संयोजक रुवि झाले दोसल्लासहित प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका छन् । कार्यक्रमको सञ्चालन पत्रकार ओम प्रकाश साह नेपालीले गरेका थिए ।

No comments:

Post a Comment