Thursday, January 16, 2020

छोरी बिमा साक्षरता र समृद्धिको बाटो ः राज्यमन्त्री कुशवाहा

जनकपुरधाम, २ माघ । प्रदेश सरकारले ‘छोरी बिमा’ कार्यक्रम विहिवारदेखि आठवटै जिल्लामा सुरु गरेको छ । प्रदेश सरकारका प्रतिनिधिहरुको सहभागितामा सो अभियान शुरु भएको हो ।
सोही क्रममा महोत्तरीमा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाको प्रमुख आतिथ्यमा शुरु भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिकमा भव्य समारोहबीच शुरु भएको छोरी बिमा कार्यक्रममा  एक्कै दिनमा सयभन्दा बढी छोरीको विमा भएको जनाइएको छ ।
जलेश्वर नगरपालिकाका उपमेयर मुन्चुन देवी नुनियाको अध्यक्षमाता भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राज्यमन्त्री कुशवाहाले संविधानमा समान्ताको हक मौलिक अधिकारमा कार्यन्वयनको लागि महिला साक्षरता दर बढाउने पर्ने बताएका छन् । राज्यमन्त्री कुशावहाले भने, ‘प्रदेश सरकारको छोरी बिमाले महिला साक्षर र जागरुक हुनेछ । महिला साक्षर भएमा आर्थिक र सामाजिक रुपमा प्रदेश र देशमा उन्नति हुने निश्चित छ ।’
महिला साक्षर भएमा परिवार साक्षर हुनेछ । परिवार साक्षर भएमा समाज साक्षर हुन्छ र समाज साक्षर भएमा प्रदेश नै समृद्ध हुने राज्यमन्त्री कुशवाहाले दावी गरेका छन् ।
आजबाट सरकारको यो अभियान सुरु गरियो,’ उनले भने, ‘आज प्रदेशका सबै जिल्लामा प्रदेशका अधिकारीहरू सहभागी भएर सुरु भएको अभियान माघ महिना भरी प्रदेशले नै चलाउँछ । फागुन लागेपछि प्रदेशले स्थानीय तहलाई जिम्मा लगाउँछ ।’ प्रदेश सरकारले प्रदेशको १३६ वटै पालिकाहरूबाट एकद्वार प्रणालीबाट उक्त अभियान सुरु गरेको हो ।
बिमाको साथै जन्म दर्ता, छोरी भएको घरमा निःशुल्क इन्टरनेटसमेत जडान गरिएको छ । प्रदेश सरकारले माघ महिनाभरीमा २५ देखि ३० हजार छोरीहरूलाई यस अभियानमा सहभागी गराउने लक्ष्य लिएको महान्यायधिवक्ता झाले जानकारी दिए । ‘प्रदेश २ मा महिलाको साक्षरता दर न्यून छ,’ उनले भने, ’ उनले भने, बालविवाह त्यत्तिकै छ ।, छोरीलाई आर्थिक बोझको रुपमा हेर्ने चलनलाई तोड्न सरकारले यो कार्यक्रम ल्याएको हो।’ प्रदेश सरकार छोरीलाई बोझको रुपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्ने उदेश्यकासाथ अघि बढेको उनको भनाई छ । ‘सामाजिक रुपान्तरण र भौतिक विकास एकैसाथ लगेमात्रै प्रदेश विकास सम्भव भएकोले यो कार्यक्रम सुरु भएको हो,’ उनले भने । उक्त अभियानको मुख्यमन्त्री लालबाबु राउतले पर्सा जिल्लाबाट सुरु गरेका थिए । अन्य जिल्लामा प्रदेश सरकारका अन्य प्रतिनिधिहरु पुगेको प्रदेश सरकारले जनाएको छ ।
कार्यक्रममा प्रदेश सरकारका मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय बुद्धिजीविहरुले आफ्ना विचार राखेका थिए । मुख्यमन्त्री राउतले आफु मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै छोरी बिमा कार्यक्रमबारे गरेका थिए ।

No comments:

Post a Comment