Monday, January 13, 2020

प्रध्यापक झाको योेगदान स्मरणीय रहन्छ ः मेयर मण्डल



जनकपुरधाम, २८ पुस । धनुषाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले श्री तपसीबाबा माध्यमिक विद्यालय÷ कलेजका प्राध्यापक स्व. रामललन झाको योगदान स्मरणीय रहने दावी गरेका छन् ।
हँसपुर नगरपालिका वडा नं. ६ टिल्हीमा स्थित विद्यालय÷कलेजका प्राध्यापक झाको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा मेयर मण्डलले सो कुरा बताएका हुन ।
उनले भने, ‘यस विद्यालय÷ कलेजको पूर्वाधार निर्माणदेखि लिएर पठनपाठनमा स्व.झाको योगदान महत्वपूर्ण छ । समाजिक र शैक्षिक योगदानलाई यो समाज कहिले पनि विर्सिदैन ।’ उनले यस विद्याललाई नमूना विद्यालय बनाउने उहाँको उद्देश्य र लक्ष्य रहेकोले उहाँको लक्ष्यप्रति आफू प्रतिबद्ध रहने दावी गरेका छन् ।
सोही वडाका वरिष्ठ सदस्य विन्देश्वर मण्डलको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाका प्रमुख अतिथि समेत रहेका मेयर मण्डलले स्व. झाको परिवारलाई ५१ हजार रुपैया हँसपुर नगरपालिकाबाट सहयोग गर्ने घोषण समेत गरेका छन् । उनले उहाँको १३ दिनको पुण्य तिथिमा मंगलवार हँसपुरका सबै विद्यालयलाई बन्द राख्न घोषणा समेत गरेको बताएका छन् ।
श्रद्धाञ्जली सभामा समाजसेवी गंगाराम यादव, उपमेयर रेणु झा, नेपाल शिक्षक संघका प्रदेशिक अध्यक्ष मेघनाथ यादव, धनुषाका पूर्व अध्यक्ष लालबाबु हाथी, जनकपुरधाम स्थित संकटमोचन विद्यालयका बलराम साह सहितका व्यक्तिहरुले प्राध्यापक स्व. झाको योगदानका चर्चा गरेका छन ।
प्राध्यपक झाको ५५ वर्षको उमेरमा हृदयघातबाट मृत्यु भएको थियो ।

No comments:

Post a Comment