Wednesday, January 22, 2020

शिक्षकहरुलाई खाद्य स्वच्छता सम्बन्धी शुरु

जनकपुरधाम, ८ माघ । जनकपुरधाममा बुधवारबाट खाद्य स्वच्छता सम्बन्धी तीन दिने तालिम शुरु भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले आयोजना गरेको सो तालिममा जनकपुरधामका १५ वटा विद्यालयका ३० शिक्षकहरुको सहभागिता रहेको थियो ।
खाद्य स्वच्छता तालिमबाट सिखेको कुराहरुलाई विद्यार्थीसम्म पुर्याउने उद्देश्यका साथ सो तालिम शुरु गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रविण कुमार तिवारीले बताएका छन् ।
तालिममा सागसब्जी तथा खाद्यमा मिसावटको पहिचान र त्यसबाट हुने असरबारेमा जानकारी गराएका छन् । प्रविधि कार्यालयका प्रमुख विजय खनालले प्रशिक्षण दिदै भने, ‘खाद्यवस्तुमा मिसावटको कारण विभिन्न प्रकारको रोगव्याधी लाग्ने गर्दछ । त्यसको पहिचान गरेर सावधानी अपनाउनुपर्छ ।’ उनले खाद्यमा पोषण तत्वमा प्रयोग सम्बन्धी जानकारी गराउँदै यसबाट बाँच्ने उपायको बारेमा पनि बताएका छन् ।
त्यस्तै प्रविधि कार्यालयका प्रविण तिवारीले खाद्य वस्तुमा मिसवाटकै कारण आँखा तथा मुटुमा आउने समस्या, पाचन प्रणालीमा असर, अन्धोपन, वान्ता, झाडापाखाला, मस्तिष्कमा असर हुने गरेको बताएका छन् ।


No comments:

Post a Comment