Wednesday, June 27, 2018

प्याब्सनद्वारा उपमहानगरपालिकालाई चेतावनी


जनकपुरधाम, १२ असार । निजी विद्यालयहरुले गठन गरेको प्याब्सन, एनप्याब्सन तथा एमप्याब्सनले संयुक्त रुपमा छलफल गरी जनकपुर उपमहानगरपालिकाले तीन दिनभित्र प्रक्रियामा नगएमा आन्दोलनसम्म गर्ने चेतावनी दिएका छन् ।
जनकपुरधाममा मंगलवार राखिएको छलफल कार्यक्रममा तीनवटै संस्थाले एउटा कार्य समिति गठन गरी ७ बुँदे माँगलाई अगाडि ल्याइएको छ । समितिका संयोजक ब्रजेन्द्र मिश्रले पहिलो बैठकमा उपमहानगरपालिका भित्र रहेको विद्यालयका प्रिन्सिपल लगायतहरुबीच बैठक गरिएको छ । यो बैठकबाट ७ बुँदा बाहिर आएको बताएका छन् ।  उनले बुँदा नम्वर एकमा उपमहानगरपालिकाले अहिलेसम्म अपग्रेड गर्ने चासो देखाएको छैन । जसले विद्यालय भर्नामा निक्कै कठिनाई भई रहेको बताएका छन् । उनले कक्षा १ देखि कक्षा १२ सम्म निवेदन बुझाई सकेको भन्दै उपमहानगरपालिकाले चासो नदेखाउनु दुःखद कुरा रहेको बताएका छन् । त्यसका लागि उपमहानगरपालिकालाई ७ दिनसम्म दिने गरेको उनले बताएका छन् ।
उनले बुँदा नम्वर २मा कक्षा ८ को परीक्षा भएपनि परिणाम दिएको छैन । विद्यार्थीहरु यहाँबाट काठमाडौंसम्म गई सकेको छ तर अहिलेसम्म प्रमाणपत्र वितरण गर्न पाएको छैन । उनले तीन दिनभित्रमा प्रमाणपत्र दिनका लागि उपमहानगरपालिकासँग माँग समेत गरेको बताएका छन् । तेस्रो बुँदा सेलेबसको छनौट रहेको छ । यसले देश र समाजको फाइदा हुनेछ उनले भने ‘शैक्षिक गुणस्तर बढाउनका लागि संयुक्त प्याब्सनहरु जनकपुरलाई शैक्षिक हव बनाउने छौ ।’
त्यसैगरी पाँच नं. बुँदामा हस्टल र बस रहेको छ । यिनीहरुलाई कसरी व्यवस्थित गर्ने त्यसका लागि आचार संहिता निर्माण गर्ने उनले बताएका छन् ।
संयोजक मिश्रले माथिको दुईवटा बुँदामा उपमहानगरपालिकाकाले आनाकानी गरेमा वा समयमा माँग पुरा नभएमा बाध्य भएर आन्दोलन गर्ने बताएका छन् ।

No comments:

Post a Comment