Saturday, June 23, 2018

तीन देशका मुसहर समुदायका अगुवाहरु जनकपुरमा


जनकपुरधाम, ९ असोज । प्रदेश नं. २ को राजधानी जनकपुरधाममा तीन देशका मुसहर समुदायका अगुवा नेताहरुको भेला भएको छ । भोर नामक संस्थाद्वारा आयोजित दक्षिण एशिया स्तरीय सेमिनार’मा नेपाल, भारत तथा बंगला देशका मुसहर समुदायका अगुवा नेताहरुको सहभागिता रहेको छ ।
जनकपुरधाममा शनिवार आयोजित उक्त सेमिनारका प्रमुख अतिथि यस प्रदेशका अर्थमन्त्री विजय यादवले शिक्षित र संगठित भएर अधिकार लिनुपर्ने बताएका छन् । उनले दलित समुदायहरु शिक्षित भएमा कही कतै कुनै प्रकारको भेदभाव नहुने ठोकुवा गरेका छन् । उनले परिवर्तित युगमा भेदभाव र छुवाछुत नरहेको संवैधानिक व्यवस्था भएपनि कार्यान्वयनमा आएको भन्दै यसलाई कार्यान्वयनका लागि दलित समुदायहरुलाई नै अगाडि आउनु पर्ने बताएका छन् ।
मन्त्री यादवले मुसहर समुदायमा सबभन्दा बढी समस्या नागरिकता विहीन रहेको, राजनीतिक सहभागिता नदेखिएको तथा संस्कृति धरोहरहरुको पहिचान गराउन नसकेको बताएका छन् ।
सिया सादाको अध्यक्षतामा भएको सो कार्यक्रममा चन्देश्वर सादा, भोरका अध्यक्ष राजकुमार महतो लगायत दर्जर्नाैं व्यक्तिले आफ्ना विचार राखेका छन् ।

No comments:

Post a Comment